#फुटबल

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी
पोखरा, २ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो… पुरा पढौ

थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा रारा पोखरा गोल्डकपको फाइनलमा

थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, १ फागुन/ पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपमा पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा प्रबेश गरेको छ । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लबलाई ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले ४–० गोलअन्तरले हराएउदै फाइनल प्रबेश गरेको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे । खेलको २४ औं मिनेटमा कुभोनचेक ओलिमोभ, ६३ औ मिनेटमा सात्तोरोभ, ५८ औं मिनेट असिलबेकल र सइदजमोलले ८७ औ मिनेट गोल गरेका थिए । ब्ल्याक बुल्सले अब उपाधिका लागि… पुरा पढौ

पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, ३० माघ/ नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल तथा प्रतियोगिता कै २५० औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसका लागि सन्जिव लामाले निर्णायक गोल गर्दै ११ औं पटक आहा राराको फाइनल प्रबेश गरेको छ । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा लिएर भलि प्रहार गर्दा जाली चुमेको हो । उनले… पुरा पढौ

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन, विकास परियार बने सर्वाेत्कृष्ट

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन विकास परियार बने सर्वाेत्कृष्ट
पोखरा, २९ माघ / पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो । च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा… पुरा पढौ

ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान आहा राराको सेमिफाइनलमा

ब्ल्याक बुल्स आहा राराको सेमिफाइनलमा
पोखरा, २९ माघ/ पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थलाई ३–० गोल अन्तरले हरायो । ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन, सयदज्मोल र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । खेलको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो । टिमका लागि पहिलो गोल इस्लोम्जनले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट… पुरा पढौ

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २८ माघ/ साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९ औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हेड मार्फत गोल गरे । आर्मीका गोल रक्षक आविष्कार खड्काले बललाई रोक्न सकेनन् । योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको… पुरा पढौ

बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने

बिटी कपमा सोमबार क्वाटरफाइनलका खेल हुने
पोखरा, २८ माघ/ पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी… पुरा पढौ

नेपाल पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २६ माघ/ पाउहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई हराउदै नेपाल पुलिस क्लब २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले पराजित गरेको हो । हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ । खेलको २७ औ मिनेटमा विवेक पाण्डेले कर्नरबाट सिधै गोल गरे । उनले हानेको कर्नर सेकेण्ड बारमा लाग्दै गोल भएको हो । यसअघि पहिलो खेलमा पनि सहारा विरुद्ध… पुरा पढौ

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा

आहा रारा पोखरा कपमा संकटालाई हराउदै पाहुना टोली थन्डरबोल्टस् क्वाटरफाइनलमा
पोखरा, २५ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पाहुना टोली थन्डरबोल्टस् नर्थ युनाइटेड सिक्किमको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ गोलले हरायो । खेलको १७ औं मिनेटम गोल गर्दै संकटाले अग्रता लिएको थियो । संकटाका लागि मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गोल गरे । संकटाको खुसी लामो समय टिकेन । खेलको ३४ औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।… पुरा पढौ

सडनडेथ एनआरटीलाई हराउँदै चर्चब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

सडनडेथ एनआरटीलाई हराउँदै चर्चब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
पोखरा, २४ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६–५ ले एनआरटीलाई हरायो । निर्धारित र थप समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच बने… पुरा पढौ