#फुटबल

नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता जारी

नाईन ए साईड फटुबल
पोखरा, ४ बैशाख/ युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आईतबार ४ खेल सम्पन्न भएका छन् । पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटम ा गोल गरेका… पुरा पढौ

भ्याली स्पोर्ट्स, हेम्जा युनाईटेड र शितल ज्योती कास्की लिगको सेमीफाईनलमा

पोखरा, ३० चैत/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगमा भ्याली स्पोर्ट्स क्बल, हेम्जा युनाइटेड क्लब र शितल ज्योती युवा क्लब सेमीफाईनलमा प्रवेश गरेको छ ।खेल संयोजक नर प्रसाद गुरुङका अनुसार रंगशालामा आज भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबले ड्यामसाईड क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । दोस्रो खेलमा हेम्जा युनाइटेड क्लबले सत्य युवा क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पाखा लगायो । यसैगरी अन्तिम खेलमा शितल ज्योती युवा… पुरा पढौ

बैशाख २ गतेदेखि पोखरामा ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता

पोखरा, २९ चैत/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पुरा गरिसकेको छ । ‘दैनिक एक घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर… पुरा पढौ