#फुटबल

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात
पोखरा, २२ माघ/ पोखरामा सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको प्रतियोगिता शुरु भएको छ । आयोजक सहारा क्लबलाई उदघाटन खेलमा निराश बताउदै नेपाल पुलिस क्लबले १–० गोलले हरायो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसले गोल गरेको हो । नेपाल पुलिस क्लबले ३७ औं मिनेटमा पाएको कर्नरलाई उज्वल राईले प्रहार गर्दै गोल गरे । उनको प्रहार सिधै सेकेण्ड बारमा जाली चुम्यो । उनको त्यो नै प्रतियोगिताको पहिलो र निर्णायक गोल बन्यो । उनी खेलको… पुरा पढौ

टाइगर कप भलिबलः आइतबार फाइनल खेल हुदै

टाइगर कपको फाइनलमा पुरुष तर्फ गण्डकी भलिबल संघ र महिला तर्फ आयोजक फाइनलमा प्रवेश
पोखरा, २० माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड… पुरा पढौ

आर्मी र पुलिस टाइगर कपको पहिलो क्वालिफायरमा, भारतको सुनिल भलिबल क्लबले एलिमिनेटर खेल्ने

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा, भारतको सुनिल भलिबल क्लबले एलिमिनेटर खेल्ने
पोखरा, १७ माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस

आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस
पोखरा, १७ माघ/ २४ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल पुलिस क्बल बिच उद्घाटन खेल हुने भएको छ । २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार टाइसिट सार्वजनिक गर्दै यी दुई टिम भिड्ने पक्का भएको हो । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । फागुन… पुरा पढौ

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल-४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

फुटबल
पोखरा, २६ पुस / नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ

१८ औं ‘बिटी कप’ माघ २२ देखि हुने

१८ औं ‘बिटी कप’ माघ २२ देखि हुने
पोखरा, २२ पुस/ पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि… पुरा पढौ

आर्दश कपमा सेमिफाईनल समिकरण पुरा

आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
लेखनाथ, २५ मंसिर/ लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफपछिको समयमा… पुरा पढौ

६ बर्ष पछि फुटबलको लयमा फर्कदै आदर्श युवा क्लब

आदर्श कप फुटबल
पोखरा, १६ मंसिर/ कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ । प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्… पुरा पढौ

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई
पोखरा, ११ मंसिर/ बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार,… पुरा पढौ

भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा
पोखरा, ११ कात्तिक/ भारतलाई हराउदै नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा झन्डै १३ मिनेट खेल रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको… पुरा पढौ