
आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात
पोखरा, २२ माघ/ पोखरामा सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको प्रतियोगिता शुरु भएको छ । आयोजक सहारा क्लबलाई उदघाटन खेलमा निराश बताउदै नेपाल पुलिस क्लबले १–० गोलले हरायो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसले गोल गरेको हो ।
नेपाल पुलिस क्लबले ३७ औं मिनेटमा पाएको कर्नरलाई उज्वल राईले प्रहार गर्दै गोल गरे । उनको प्रहार सिधै सेकेण्ड बारमा जाली चुम्यो । उनको त्यो नै प्रतियोगिताको पहिलो र निर्णायक गोल बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
पुलिसले अब २६ गते विग्रेड व्याइज युके सगँ खेल्ने छ । बुधबार शसस्त्र प्रहरीको एपिएफ क्लब र मछिन्द्र फुटबल क्बल बिच खेल हुनेछ ।
सहारा क्लबको आयोजना, हिमश्री फुड्सको मुख्य प्रायोजन, जयश्री फुड्सको सहप्रायोजन रहेको प्रतियोगितामा तीन विभागीय क्लब आर्मी, सशस्त्र र नेपाल पुलिस क्लबसहित मछिन्द्र क्लब, अपी पावर चर्च ब्वाईज युनाईटेड क्लब, विदेशी क्लब थन्डर नर्थ युनाईटेड क्लब सिक्किम, ब्रिगेड ब्वाईज क्लब युके, थ्रीस्टार, एनआरटी, संकटाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।
उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ ।
प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन पाँचहजार रुपैयाँबाट पुरस्कृत गरिने छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका छन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगदराशीको पुरस्कार प्राप्त गर्ने छन । प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।





