#फुटबल

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात
पोखरा ८, फागुन/ अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लव बी थट्टीनलाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । संगमको जितमा निश्चल जि.सि.ले दुई गोलको योगदान दिए भने अमिर गुरुङले एक गोल गरे । बी थट्टीनका सरोज विकले एक गोल गरे । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो… पुरा पढौ

पोखरामा ‘बिटी कप’ सुरु, उद्घाटन खेलमा हाम्रो एफसी विजयी

पोखरा, २२ माघ/ पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (आइबार) देखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ । डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । उनका अनुसार खेल १–१ गोलको… पुरा पढौ

पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा एकेडेमी सञ्चालन

पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा एकेडेमी सञ्चालन
पोखरा, २७ कार्तिक/ पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । पोखरा–२७ स्थित रिठ्टेपानीमा एकेडेमी सञ्चालनमा ल्याएका हुन् । लामो समय नेपाली फुटबलमा योगदान दिएका बसन्त यति बेला जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् । विगत चार वर्ष देखि एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका बसन्तले जापानकै अवधारणामा एकेडेमीलाई अघि बढाएका हुन् । पोखरा २७ रिठ्टेपानीमा सञ्चालनमा ल्याएको बिजि फुटबल एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनमा करिब २ सय जनालाई एकैपटक प्रशिक्षण… पुरा पढौ

कार्तिक १७ गतेदेखि प्रथम एबिसी एटए साईड भेट्रान्स फुटबल

फुटबल
पोखरा, १५ कार्तिक/ अमरसिंह ब्वाईज क्लबको आयोजनामा पहिलो पटक एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा अमरसिंहचौरको खेल मैदानमा कार्तिक १७ गतेदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । आयोजनाको लागि आवश्यक तयारी पुरा भएको छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह क्वाईजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा… पुरा पढौ

पुरुष फुटबलमा गण्डकीलाई कास्य

फुटबल
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो । गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । यस अघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार व्यहोरेको थियो । सुदुरपश्चिम एपिएफसँग… पुरा पढौ

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई
पोखरा, १३ असार/ नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई… पुरा पढौ

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा
पोखरा, ६ असार/ बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमती माथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे । सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने… पुरा पढौ

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित
पोखरा, ५ असार/ पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । खेलको सुरुवात देखि नै कालिकालाई निकै दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ… पुरा पढौ

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित

सेभेन ए साईड फुटबल, एम १२ को फराकिलो जित
पोखरा, १३ जेठ/ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो ।… पुरा पढौ

संगम क्लवलाई नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि

पोखरा, ७ वैशाख/ पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो । संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे… पुरा पढौ