
सडनडेथ एनआरटीलाई हराउँदै चर्चब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
पोखरा, २४ माघ/ पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६–५ ले एनआरटीलाई हरायो । निर्धारित र थप समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच बने । चर्च ब्वाइजले माघ २८ गते विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
खेलमा अग्रता भने एनआरटीले लिएको थियो । खेलको २५ औं मिनेटमा एनआरटीका रिचर्ड विल्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले बक्सभित्रबाट हानेको प्रहार चर्च ब्वाइजका किपर टिकेन्द्रले रोकेका थिए । तर, पूर्ण रुपमा क्लियर नभएको बललाई विल्सनले ट्याप इन गर्दै गोलमा परिणत गरे ।
खेलको ६३ औं मिनेटमा चर्चब्वाइजका नवीन लामाले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याए । चर्चब्वाइजले पाएको पेनाल्टीमा लामाले कुनै गल्ती गरेनन् र अवसरलाई गोलमा परिणत गरे । शुक्रबार संकटा क्लब र थन्डरस नर्थ युनाइटे भारतका बिच हुनेछ ।