#निर्वाचन

पोखरा १७ मा गठबन्धनको घरदैलो, जनतामा उत्सह

पोखरा १७ मा गठबन्धनको घरदैलो, जनता उत्सह
पोखरा, १९ बैशाख/ गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् । नेपाली काँग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्य सहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् । ‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामाहामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै… पुरा पढौ

कास्कीकोटमा पोखराका उम्मेदवारहरुले गरे विकास गर्ने प्रतिबद्धता

कास्कीकोटमा पोखराका उम्मेदवारहरुले गरे विकास गर्ने प्रतिबद्धता
पोखरा , १८ बैशाख/ कास्कीकोटमा पोखार महानगरपालिका मेयर उप मेयर तथा वडा अध्क्षयहरुले विकास गर्ने योजना सहित प्रतिबद्धता जनाएका छन् । हाम्रो कास्कीकोट युवा सञ्जालले मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रममा पोखरालाई व्यवस्थीत बनाउने योजना देखि रोजगार बढाउन पहल गर्ने जनाउका छन् । पोखरा महानगरपालिका वडा नं। २४ कास्कीकोटलाई केन्द्र बनाएर स्थापित भएको हाम्रो कास्कीकोट युवा सञ्जाल कास्कीकोटको सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यटकीय विकासमा क्रियाशील संस्थाले बैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि पोखरामा विभीन्न राजनीतीक… पुरा पढौ

पोखरा ६ को वडाध्यक्षमा ३ जना उम्मेद्वार

पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर ६ मा एमालेका विष्णुबहादुर भट्टराई, नेपाली कांग्रेसका जगत बहादुर पहारी र स्वतन्त्र उमेद्वार प्रेमबहादुर केसी रहेका छन् । खुल्ला २ सदस्यमा एमालेका दिपेन्द्र पहारी र बासुदेव बराल, माओवादी केन्द्रका कृष्णप्रसाद आचार्य नेकपा एकिकृत समाजवादीका विकास पहारी, राप्रपाका कृष्ण बराल र राष्ट्रिय जनमोर्चाका चन्द्रबहादु खत्री क्षेत्री चुनावी मैदानमा छन् । एक महिला सदस्यमा एमालेकी जमुना पराजुली… पुरा पढौ

पोखरा ५ को वडाध्यक्षमा ५ जना उम्मेद्वार

पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा ५ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर ५ मा एमालेका विष्णुप्रसाद बराल, नेपाली कांग्रेसका प्रमोद कोइराला, माओवादी केन्द्रका नारायणप्रसाद बराल र नेकपा एकिकृत समाजवादीका पुष्पराज बराल र राप्रपाबाट पदमलाल तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । खुल्ला २ सदस्यमा एमालेका गोविन्द प्रसाद पराजुली र मणीराज बराल, कांग्रेसका गोपालबहादुर थापा र धनन्जय पौडेल, माओवादी केन्द्रका नवराज कोइला र प्रकाश कोइराला र राष्ट्रिय जनमोर्चा विष्णु पुरी… पुरा पढौ

पोखरा ४ को वडाध्यक्षमा ३ जनाको उम्मेद्वारी (को को सहित)

निर्वाचन चुनाब
पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा ३ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–४ मा एमालेका मदनकुमार मुल्मी, नेपाली कांग्रेसका देवकृष्ण पराजुली र माओवादी केन्द्रका लोकनाथ भण्डारीले उम्मेदवारी दिएका छन् । खुल्ला २ सदस्यमा एमालेका सीमा कोइराला र अब्दुल हमिद मिया, कांग्रेसका प्रकाश कोइराला र सञ्जयकुमार श्रेष्ठ, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र राजेन्द्रनाथ कोइराला, नेकपा एसका अनिलबहादुर कोइरालाले उम्मेदवारी दिएका छन् । एक महिला सदस्यमा एमालेकी लक्ष्मीदेवी पराजुली, कांग्रेसकी… पुरा पढौ

पोखरा ३ को वडाध्यक्षमा ४ जनाको उम्मेद्वारी (को–को सहित)

निर्वाचन चुनाब
पोखरा, १७ बैशाख/ स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–३ को वडाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–३ को वडाध्यक्षमा एमालेका विष्णुशंकर ख्वाउजु, कांग्रेसका प्रकाशमान उदास, राप्रपाका मानबहादुर भण्डारी र स्वतन्त्रबाट अटेरी उम्मेदवार महेश उदासले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–३ को २ खुल्ला सदस्यमा एमालेबाट जगतलाल शाही र लेखबहादुर प्रधान, कांग्रेसबाट नवीन आले मगर र सनकमान सिके, माओवादी केन्द्रबाट भीमबहादुर गुरुङ, राप्रपाबाट रञ्जन ताम्राकार, स्वतन्त्रबाट दीनेश उदास र पुनम खड्की साईले उम्मेदवारी दिएका छन् ।… पुरा पढौ

पोखरामा एमालेको घोषणापत्रः फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल

पोखरामा एमालेको घोषणापत्रः फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल
पोखरा, १७ बैशाख/ नेकपा एमालेले पोखरा महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उमेद्वार कृष्णबहादुर थापा र उपमेयरकी उमेद्वार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरे । एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उमेदवार परिचय तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।घोषण पत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो… पुरा पढौ

अटेरी उम्मेदवारको चुनाव चिन्ह लौरो

अटेरी उम्मेदवारको चुनाव चिन्ह लौरो
पोखरा, १७ बैशाख / पोखराबाट अटेरी अभियान चलाएर उम्मेदवारी दिएकालाई चुनाव चिन्ह लौरो दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अटेरी उम्मेदवारलाई चुनाव चिन्ह लौरी दिएको हो । पोखरामा महानगर प्रमुख सहित १५ जना अटेरी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए । पुरा पढौ

पोखरा २ को वडाध्यक्षमा ५ दलका उमेद्वारको भिडन्त (को को सहित)

निर्वाचन चुनाब
पोखरा, १७ बैशाख /बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २ मा ५ पार्टीबीच भिडन्त हुने भएको छ । पोखरा वडा नम्बर २ मा एमालेका दीपक शाह, कांग्रेसका दिवसमान प्रधानाङ्ग, माओवादी केन्द्रका अञ्जु विश्वकर्मा, जसपाका जीवन खाती र राप्रपाका अरुण विक्रम राणाले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–२ को दुई खुल्ला सदस्यहरुमा एमालेका जनार्दन सुवेदी र मंगल साई, कांग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले, माओवादी केन्द्रका शिबराज पराजुली, राप्रपाका वसन्तदेव नापित र बिनु कुँवरले उम्मेदवारी दिएका… पुरा पढौ

पोखरा–१ को वडाध्यक्षमा ४ पार्टीको भिडन्त (को को उमेद्वार)

निर्वाचन चुनाब
पोखरा, १७ बैशाख/ स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–१ मा ४ पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा–१ मा एमालेका शाहारा प्रधान, कांग्रेसकी सीता गुरुङ, माओवादी केन्द्रका भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङले वडाध्यक्षका लागि प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, खुल्ला दुई सदस्यका लागि एमालेका जुमकाजी गुरुङ र ठाकुरप्रसाद वाग्ले, कांग्रेसका रामजीप्रसाद पौडेल र मेघबहादुर गुरुङ, माओवादी केन्द्रका रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ, नेकपा एकीकृत समाजवादीका ऋषिराम पौडेल, राप्रपाका सन्तकुमारी राई र दलबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । एक… पुरा पढौ