निर्वाचन चुनाब
पोखरा, १७ बैशाख/ स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–१ मा ४ पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा–१ मा एमालेका शाहारा प्रधान, कांग्रेसकी सीता गुरुङ, माओवादी केन्द्रका भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङले वडाध्यक्षका लागि प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै, खुल्ला दुई सदस्यका लागि एमालेका जुमकाजी गुरुङ र ठाकुरप्रसाद वाग्ले, कांग्रेसका रामजीप्रसाद पौडेल र मेघबहादुर गुरुङ, माओवादी केन्द्रका रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ, नेकपा एकीकृत समाजवादीका ऋषिराम पौडेल, राप्रपाका सन्तकुमारी राई र दलबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी शोभा गुरुङ, कांग्रेसकी पार्वती खनाल पोख्रेल, माओवादी केन्द्रकी मीना कोइराला र राप्रपाकी नानुमाया तामाङले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी जुकमाया दमाई, कांग्रेसकी सुनिता कुँवर नेपाली, माओवादी केन्द्रकी कल्पना दमाई र जसपाकी संगीता परियारले उम्मेदवारी दिएका छन् ।