पोखरा ५ को वडाध्यक्षमा ५ जना उम्मेद्वार

-


     क्लिक गण्डकी     
     वैशाख १८ गते २०७९ मा प्रकाशित


पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा ५ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

पोखरा वडा नम्बर ५ मा एमालेका विष्णुप्रसाद बराल, नेपाली कांग्रेसका प्रमोद कोइराला, माओवादी केन्द्रका नारायणप्रसाद बराल र नेकपा एकिकृत समाजवादीका पुष्पराज बराल र राप्रपाबाट पदमलाल तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

खुल्ला २ सदस्यमा एमालेका गोविन्द प्रसाद पराजुली र मणीराज बराल, कांग्रेसका गोपालबहादुर थापा र धनन्जय पौडेल, माओवादी केन्द्रका नवराज कोइला र प्रकाश कोइराला र राष्ट्रिय जनमोर्चा विष्णु पुरी चुनावी मैदानमा छन् ।

एक महिला सदस्यमा एमालेकी कल्पनाकुमारी थापा, कांग्रेसकी उर्मिला पौडेल, माओवादी केन्द्रकी पवित्रा लामिछाने र नेकपा एकिकृत समाजवादीकी संगिता केसी बानिया चुनावी मैदानमा छन् ।

दलित महिला सदस्यमा एमालेकी हरिमाया विश्वकर्मा र नेपाली कांग्रेसकी हस्तमाया नेपाली उम्मेद्वार रहेका छन् ।



Tags: , ,