पोखरा ३ को वडाध्यक्षमा ४ जनाको उम्मेद्वारी (को–को सहित)

-


     क्लिक गण्डकी     
     वैशाख १८ गते २०७९ मा प्रकाशित


निर्वाचन चुनाब

निर्वाचन चुनाब

पोखरा, १७ बैशाख/ स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–३ को वडाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–३ को वडाध्यक्षमा एमालेका विष्णुशंकर ख्वाउजु, कांग्रेसका प्रकाशमान उदास, राप्रपाका मानबहादुर भण्डारी र स्वतन्त्रबाट अटेरी उम्मेदवार महेश उदासले उम्मेदवारी दिएका छन् ।

पोखरा वडा नम्बर–३ को २ खुल्ला सदस्यमा एमालेबाट जगतलाल शाही र लेखबहादुर प्रधान, कांग्रेसबाट नवीन आले मगर र सनकमान सिके, माओवादी केन्द्रबाट भीमबहादुर गुरुङ, राप्रपाबाट रञ्जन ताम्राकार, स्वतन्त्रबाट दीनेश उदास र पुनम खड्की साईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, १ महिला सदस्यका लागि एमालेकी बर्मिला श्रेष्ठ र कांग्रेसबाट शान्तीदेवी पराजुलीले उम्मेदवारी दिएका छन् । यसैगरी, दलित महिला सदस्यमा एमालेकी पुष्पमादेवी रणपाल, कांग्रेसबाट सवि परियार, माओवादी केन्द्रबाट मनमाया विक र राप्रपाबाट लक्ष्मी नेपालीले उम्मेदवारी दिएका छन् ।



Tags: , ,