पोखरामा एमालेको घोषणापत्रः फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल
पोखरा, १७ बैशाख/ नेकपा एमालेले पोखरा महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उमेद्वार कृष्णबहादुर थापा र उपमेयरकी उमेद्वार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरे ।
एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उमेदवार परिचय तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
घोषण पत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो । तर त्यसको अध्यन गर्ने काम समेत भएको छैन । शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ ।
घोषणापत्रमा आगामी ५ वर्षभित्र पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रवृधिमा उत्कृष्ट महानगरपालिका बनाउने उल्लेख गरिएको छ । महानगरमा पर्ने मध्यपहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौँ हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला–भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
नेकपा (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले अर्को पुस्ता पार्टी नेतृत्वमा तयार भएकाले आफु अन्तिम चुनाव लड्ने बताए । विभिन्न प्रतिबद्धता कार्यकर्तामाझ प्रस्तुत पोखरा महानगर उपमेयर पद्की उमेद्वार मन्जुदेवी गुरुङले आफु इमान्दार भएर काम गरेको र अबका दिनमा पनि गर्ने बताइन् । पार्टीको घोषणापत्र जस्ताको त्यस्तै महानगरमा इमानदारिताका साथ कार्यान्वयन गर्ने बताइन् ।
एमालले आसन्न निर्वाचनमा आफूहरूले कम्तीमा १५ देखि २० हजार मतान्तरले जित्ने बताउको छ । केही दिन अगाडी सत्ता गठबन्धका उमेद्वार धनराज आचार्य सहितको टिमले घोषणा पत्र जारी गरेका थिए ।