
निर्वाचन चुनाब
पोखरा, १७ बैशाख /बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २ मा ५ पार्टीबीच भिडन्त हुने भएको छ । पोखरा वडा नम्बर २ मा एमालेका दीपक शाह, कांग्रेसका दिवसमान प्रधानाङ्ग, माओवादी केन्द्रका अञ्जु विश्वकर्मा, जसपाका जीवन खाती र राप्रपाका अरुण विक्रम राणाले उम्मेदवारी दिएका छन् ।
पोखरा वडा नम्बर–२ को दुई खुल्ला सदस्यहरुमा एमालेका जनार्दन सुवेदी र मंगल साई, कांग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले, माओवादी केन्द्रका शिबराज पराजुली, राप्रपाका वसन्तदेव नापित र बिनु कुँवरले उम्मेदवारी दिएका छन् ।
यसैगरी महिला सदस्यमा एमालेकी उर्मिला पराजुली, कांग्रेसकी गोमा सुबेदी, माओवादी केन्द्रकी बत्तिसरा सुनार, नेकपा एसकी विष्णुमाया अधिकारी राणा र राप्रपाकी अम्बिका राणाले उम्मेदवारी दिएका छन् ।
दलित महिला सदस्यमा एमालेकी हरिमाया परियार, कांग्रेसकी सुनिता विश्वकर्मा, माओवादी केन्द्रकी बसन्ती विश्वकर्मा र राप्रपाकी डिलु विकले उम्मेदवारी दर्ता गरेका छन् ।