#भूकम्प

मुगुमा भूकम्पको धक्का

भूकम्प
मुगु, १९ पुस/ शुक्रबार बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर ३ मिनेट जादाँ ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ । पुरा पढौ

मनाङको नेस्याङ केन्द्रविन्दु भएर भूकम्प

भूकम्प
पोखरा, ४ पुस/ मनाङमा बिहीबार बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । मनाङमा मंसिर ६ गते ४ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो । मंगलबार साँझ ५ बजेर… पुरा पढौ

कास्कीमा भूकम्पको धक्का

भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीमा भूकम्पको धक्का महसुश भएको छ । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको हो । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । कामकाजको बेला भएका कारण धेरैले भूकम्प गएको थाहा भने पाएनन् । पुरा पढौ

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पोखरा, २६ फागुन/ कास्कीको सिल्दुजुरेबाट करिब ५ किलोमिटर नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार विहान साढे सात बजे ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भने जानकारी दिन बाकी नै छ । भूकम्पको धक्का कास्की आसपासका जिल्लामा समेत महशुस भएको थियो । पुरा पढौ

पोखरामा भूकम्पको धक्का

भूकम्प
पोखरा, २६ फागुन/ पोखरामा शनिबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान ७ः३० मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । कति रेक्टर स्केलको हो भन्ने विवरण आइसकेको छैन । पुरा पढौ

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, १६ पुस/ सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । पुरा पढौ

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प, काठमाडौंमा धक्का

भूकम्प
काठमाडौं, ७ मंसिर/ बुधबार राति मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा सम्म महसुस भएको छ । पुरा पढौ

सोमबार जाजरकोट केन्द्रबिन्दु परकम्प, पोखरामा धक्का

भूकम्प
पोखरा, २० कात्तिक/ सोमबार दिऊसो जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन भएको जनाएको छ । त्यसको धक्का पोखरामा पनि महसुस भएको थियो । यो परकम्प शुक्रबार राती गएको पहिलो भूकम्पको सबैभन्दा ठूलो पराकम्प हो । शुक्रबार राति ११ः ४७ मिनेट जादाँ ६.४ म्याीगनच्युडको भूकम्प गएपछि ४ म्याग्निच्युड भन्दा माथिका ५ वटा भूकम्प गएको जनाएको छ । पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीद्धारा भूकम्प प्रभावितलाई सहयोग गर्न आग्रह

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने
पोखरा, १९ कात्तिक/ जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले झण्डै १ सय ५० बढिको ज्यान गएको छ । थुप्रै घरहरु ध्वस्त भएका छन् । अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रुपमा क्षति भएपछि त्यहाँका नागरिक घरबारविहीन भएका छन् । यसैविच नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुका शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले आफु अन्तर्गत गण्डकी प्रदेशभरीका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, उद्योगी, व्यवसायी लगायत व्यवसायीक संघसंस्थाहरुलाई राहत कार्यक्रममा सहयोग पुर्याउन… पुरा पढौ

पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने

पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने
पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल व्लुबेरीले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ । होटलमा रहेको कोठा विक्रिबाट आउने १० देखी २५ प्रतिशत सम्मको एकमुष्ठ रकम सहयोग गर्ने सञ्चालक ज्ञानेन्द्र थापाले बताए । आज आइतबार देखी शनिबार सम्म एकहप्ता सम्म संकलन भएको रकमबाट सहयोग दिने उनले बताए । उनले एमआरआर र दारी ग्याङ ग्रुपका सदस्यले गरेको बुकिगंको २५ प्रतिशत र अन्यबाट १० प्रतिशत एकमुष्ठ अर्को आईतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए । जाजरकोट र पश्चिम रुकुममा… पुरा पढौ