मनाङको नेस्याङ केन्द्रविन्दु भएर भूकम्प

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०८१ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, ४ पुस/ मनाङमा बिहीबार बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । मनाङमा मंसिर ६ गते ४ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।



Tags: