#पोखरा महानगरपालिका

पोखरा महानगरको ८ अर्ब ७७ करोड बजेट पास, विभिन्न समिति गठन

पोखरा महानगरपालिका
पोखरा, २६ असार/ पोखरा महानगरपालिकाको बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सभामा छलफल पछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान २… पुरा पढौ

पोखरामा चैते ५ धान सफल

पोखरामा चैते ५ धान सफल
पोखरा, २४ असार/ चैते ५ जातको चैते धान लगाएका किसान खुशी देखिएकाल छन् । परीक्षणको रुपमा लगाइएको धान सफल भएपछि पोखरा १३ आर्वाका किसान खुशी भएका हुन् । आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले धान राम्रो फलेको जानकारी दिए । धानबाली नथन्क्याइएको भएपनि बाला राम्रो लागेकोले यो जातको धान लगाउने आफूहरु निकै सन्तुष्ट रहेको उनले बताए । चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा लगाएको धानले राम्रो उत्पादन दिएका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बिहीबार… पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै ज्ञापनपत्र

पोखरा, २३ असार/ राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले पोखरा उपात्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले पोखराको तीन ठाउँको जग्गा भाडादिने गरेको सम्झौता खारेजीको माग गरेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डे सहितको टोलीले पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउदै सम्झौताको खारेजीको माग गरेको हो । कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तबरले पोखराका विभिन्न स्थानको ६३ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । कार्यकाल सकिनै… पुरा पढौ

पोखराको सार्वजनिक जग्गा भाडामा दिने सम्झौता रद्ध गर्न माओवादीको माग

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको छानबिन गरी कानुनी कारवाही गर्न माग गरेको छ । व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सबै राजनीतिक दल चुनाब केन्द्रीत गतिविधिमा रहेका बेला… पुरा पढौ

जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा भएको छ । कार्यकाल सकिन २ दिन बाँकी रहँदा पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो । उनले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा ठेक्कामा दिएको खुलेको हो । जेठ ५ मा मेयर जिसीको कार्यकाल सकिने थियो उनले जेठ ३ गते ठेक्कामा लगाएका छन् । गल्फ कोर्सको ४० रोपनी,… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजारलाई रोजगारी

पोखरा महानगरको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजारलाई रोजगारी
पोखरा, ८ असार/ आगामी वर्षको पहिलो ६ महिनामा पोखरा महानगरपालिकाले ३ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ हजार रोजगारी ६ महिनाभित्र दिने बताए । उनले रोजगारीका लागि प्लस टु तह अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यले बताए । उनले महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज… पुरा पढौ

पोखराका मेयरलाई अटेरीको सुझाब

पोखराका मेयरलाई अटेरीको सुझाब
पोखरा, १ असार/ पोखराका मेयर धनराज आचार्यलाई अटेरी अभियानले सुझावमुलक मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर मायाको चिनो हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाई बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाई हस्तान्तरण गरेको बताए । ‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले… पुरा पढौ

पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु
पोखरा, २८ जेठ/ सडकका छाडा चौपाया हटाउने र ढल तथा नाला सफाई अभियान सुरु गरेको पोखरा महमानरपालिकाले शनिबार देखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चलाइने छ । त्यसका लागि काम सुरु भएको उनले जानकारी दिए । ‘महानगर अन्तर्गतका मुख्य सहरी सडक र सहायक सडकहरुमा जहाँ खाल्डा खुल्डी परेका छन्, त्यहाँ तत्काल टाल्ने अभियान सुरु भएको छ । जहाँ अत्यावश्यक… पुरा पढौ

लेखनाथदेखि पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड

लेखनाथदेखि पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड
पोखरा, २८ जेठ/ गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए ।… पुरा पढौ

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय, ल्याण्ड फिलसाइड सार्ने

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय, ल्याण्डफिलसाइड सार्ने
पोखरा, २७ जेठ/ पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइड पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने निर्णय भएको छ । यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा… पुरा पढौ