पोखरामा चैते ५ धान सफल

-


     क्लिक गण्डकी     
     असार २४ गते २०७९ मा प्रकाशित


पोखरामा चैते ५ धान सफल

पोखरामा चैते ५ धान सफल

पोखरा, २४ असार/ चैते ५ जातको चैते धान लगाएका किसान खुशी देखिएकाल छन् । परीक्षणको रुपमा लगाइएको धान सफल भएपछि पोखरा १३ आर्वाका किसान खुशी भएका हुन् । आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले धान राम्रो फलेको जानकारी दिए ।

धानबाली नथन्क्याइएको भएपनि बाला राम्रो लागेकोले यो जातको धान लगाउने आफूहरु निकै सन्तुष्ट रहेको उनले बताए । चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा लगाएको धानले राम्रो उत्पादन दिएका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

बिहीबार विहान वडा नम्बर १३ आर्बामा चैते धान रोपेका किसानलाई अनुदान रकम, हाते ट्याक्टर र त्रिपाल लगायतका सामग्री प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा उनले वर्षेभन्दा चैते धान कम्तिमा पनि दोब्बर फल्ने दाबी गरे । चैते ५ जातको धान मसिनो र खान पनि मिठो हुनेहुँदा अगामी सिजनमा यो धान रोम्ने किसान बढ्ने उनले अपेक्षा गरेका छन् ।

यो सिजनमा चैते धान लगाउन ढिलाई भएकाले पाक्न थोरै ढिलो भएको भएपनि राम्रोसंग पकाएर मात्र बाली थन्क्याउने उनले किसानलाई आग्रह गरे । चैते ५ जातको धान १२० दिनमा पाक्ने जानकारी दिँदै फागुनको १५/१६ मा लगाएको भए यतिबेला अर्को धान रोपिसकिएको हुने भन्दै यसपाली चैतको १७/१८मा मात्र धान रोपिएकाले थोरै ढिला हुन पुगेको उनको भनाई छ ।

उनले खेती हुने जमिन बाँझो राख्न नहुने र उत्पादन लिइरहे खाद्यान्न आयात गर्न नपर्ने धारणा राखे । ‘जमिनको उपयोग गर्नुपर्छ, जे उतपादन हुन्छ जमिन खाली नगराखी उत्पादन गर्नसक्नुपर्छ त्यसो हुँदामात्र खाद्यान्न आयात गर्नुपर्दैन’ उनले भने ।
पोखरा महागनरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले किसानको हितका लागि आफू सधैं लागि पर्ने बताए ।

आर्बाको कृषियोग्य जमिनको उपयोग कसरी गर्न सकिन्छ भनेर आफू चिन्तित रहेको उनको भनाई छ । वडा नम्बर १३ मा एक घर एक कागजी अभियान नै चालाएर वडाबाट विरुवा बाँडिइसकेको उनले जानकारी दिए ।

हरेक सुखदुखमा आफू वडाबासीको साथमा रहेको भन्दै उनले यो वा त्यो दल भन्ने कुरा निर्वाचनका बेला हुने तर, निर्वाचन पछि आफू साझा भएको र त्यही अनुरुप हेर्न उनले आग्रह गरे । उक्त अवसरमा स्थानीय किसानलाई प्रति रोपनी ९ सय रुपैयाँका दरले अनुदान प्रदान गरिएको थियो ।



Tags: ,