पर्यटन

घान्द्रुक पर्यटन महोत्सव सुरु, पर्यटकलाई ३० प्रतिशत छुट

घान्द्रुक पर्यटन महोत्सव सुरु, पर्यटकलाई ३० प्रतिशत छुट
पोखरा, २७ चैत/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक… पुरा पढौ

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट
पर्वत, २६ चैत/ साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली सिरुवारीमा

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली सिरुवारीमा
पोखरा, २२ चैत /पर्यटन क्षेत्रमा कृयाशिल महिलाहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली बुधबार स्याङजाको पर्यटकीय गाउँ सिरुवारी आइपुगेको छ । २०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कृयाशिल ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुवारी आएको जानकारी दिदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा “गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको… पुरा पढौ

पर्यटक भित्राउन चैत्र अन्तिम साता घान्द्रुकमा महोत्सव, पर्यटकलाई ३० प्रतिशत छुट

महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट
पोखरा, १५ चैत / कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । घान्दु्रक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो… पुरा पढौ

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँमा, पर्यटन बढाउने आश्वासन

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँमा, पर्यटन बढाउने आश्वासन
पोखरा, ११ चैत / गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुभयो । कास्कीको… पुरा पढौ

पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने
पोखरा, ४ चैत/ पोखरालाई पर्यटकीय राजधानी घोषणा भएसगँ डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरे । उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए । उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए ।… पुरा पढौ

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा
सागर राज तिमिल्सिनापोखरा, ४ चैत /पोखरा शहर सहतिको क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा भएको छ । आईतबार पोखरामा भव्य समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरे । उनले पोखरा प्राकृतिक, साँस्कृतिक, शाहसिक पर्यटकीय क्षेत्र र पर्यटको आकर्षकको केन्द्रका रुपमा रहेका कारण राजधानी घोषणा गरेको बताए । विभिन्न सास्कृतीक झाँकी सहित पोखराका फिष्टेल गेटबाट शुरुभएको ¥याली फेवाताल किनारमा पुगेर औपचारी कार्यक्रममा परिणत भएको थियो । पोखरालाई पर्यटकीय शहर घोषणा गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न… पुरा पढौ

पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारी

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १ चैत /पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । लामो समय देखी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका छन् । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने… पुरा पढौ

पोखरा २३ चापकोटमा होमस्टे सांस्कृतिक महोत्सब शुरु

पोखरा २३ चापकोटमा होमस्टे सांस्कृतिक महोत्सब शुरु
पोखरा, २४ माघ/ कास्कीको पोखरा महानगरपालिका २३ चापकोटमा चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सब शुरु भएको छ । गण्डकी प्रदेश सरकारका उद्बयोग, पर्यटन, बन तथा बाताबरण मन्त्री दिपेन्द्र बहादुर थापाले बुधबार आयोजित एक समारोहबीच महोत्सबको उद्घाटन गरेका हुन् । बिगतमा चापाकोटको घडेरी क्षेत्रमा हुने गरेको महोत्सब यस पटक चापाकोटको बाम्दी क्षेत्रमा संचालन गरिएको छ महोत्सबमा आउने दर्शकहरुको सुविधालाई ध्यानमा राखेर महोत्सब बाम्दी क्षेत्रमा संचालन गरिएको बताइएको छ । महोत्सबका क्रममा महिला एबम सर्बसाधारणहरु बीच समुहगत रुपमा समेत विभिन्न प्रतियोगिता… पुरा पढौ

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, हिमाल र पोखरा आसपासको दृश्य अझै राम्रो देखिने

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, हिमाल र पोखरा आसपासको दृश्य अझै राम्रो देखिने
पोखरा, १९ माघ/ हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताउँछन् । पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति… पुरा पढौ