खेलकुद

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका लागि कास्कीबाट १२ टिम छनौट

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका लागि कास्कीबाट १२ टिम छनौट
पोखरा, २७ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् । छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी प्रतिभा… पुरा पढौ

भेट्रान फुटबलः ६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

भेट्रान फुटबलः ६० वर्ष माथि बगरभाइखलक च्याम्पियन
पोखरा, २६ माघ/ पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो ।… पुरा पढौ

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट शुरु

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट शुरु
पोखरा, १८ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगितामा ४० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । उद्घाटन खेलमा हिलप्याइनले गुरुकुल विद्यालयलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका… पुरा पढौ

एनआरएनए र नेपालभूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता, सात लाख ५० हजार प्रदान

एनआरएनए र नोपल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता, सात लाख ५० हजार प्रदान
पोखरा, २३ माघ/ नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका… पुरा पढौ

भेट्रान एट एसाइड फुटबलः क्वाटरफाइनल समिकरण पुरा

भेट्रान एट एसाइड फुटबलः क्वाटरफाइनल समिकरण पुरा
पोखरा, २३ माघ/ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल… पुरा पढौ

आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छैटौं पटक जित्ने दाउमा

आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छटौ पटक जित्ने दाउमा
पोखरा, १९ माघ/ थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । आर्मीको उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । क्लबको उपाधि भिडन्त भन्दा पनि गुरु र चेला बीचको रोचक फाईनल प्रतिस्पर्धा… पुरा पढौ

पुनहिल कप भलिबलः पुरुषतर्फ समिर फाइनलमा

पुन हिल कप भलिबलः प्रौढतर्फ क्वाटरफाइनलका खेल सम्पन्न
पोखरा, १९ माघ/ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमा समीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार

आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार
आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार पुरा पढौ

सहारा क्लब पोखराको संयुक्त बैठक

सहारा क्लब पोखराको संयुक्त बैठक
पोखरा, १८ माघ/ सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औ आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै संयुक्त बैठक बसेको हो । स्व सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी योजना लगायतबारे छलफल भएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए । छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष कुसाङ गुरुङ, पञ्च… पुरा पढौ

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे फाइनलमा

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे फाइनलमा
पोखरा, १८ माघ/ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् । महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो… पुरा पढौ