राजनीति

एमाले र काग्रेसबाट सरकारमा जाने मन्त्रीहरु को को

पोखरा, ३१ असार/ सत्तारुढ दल नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको एमाले स्रोतको भनाई छ ।मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालयको बारेमा अझै केही… पुरा पढौ

कास्कीकी विद्या भट्टराई मन्त्री बन्ने, एमाले र काग्रेसलाई कुन /कुन मन्त्रायल

विद्या भट्टराई
पोखरा, ३१ असार/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भैसका छन् । उनले आज प्रधानमन्त्रीको सपथ लिदै छन् । मन्त्रीमण्डल विस्तार गर्दा कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद विद्या भट्टराई मन्त्री बन्ने भएकी छन् । लगातार २ पटक प्रत्यक्ष निर्बाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्ख राख्छिन् । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने बढि सम्भावना रहेको एमाले स्रोतले बतायो । काग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले दुई पार्टीका लागि मन्त्रालय बाड्फाड् गरेका छन्… पुरा पढौ

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

केपी शर्मा ओली
पोखरा, ३० असार/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त… पुरा पढौ

नयाँ गठबन्धनलाई अवसर र चुनौती दुवै छः सांसद केसी

अर्जुननरसिंह केसी
पोखरा, २५ असार/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार कार्यक्रममा सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए । उनले अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्नु पर्ने बताए । उनले… पुरा पढौ

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सांसदका रुपमा काम गर्न दिन सर्वोच्चको आदेश

फणिन्द्र देवकोटा
पोखरा, १० असार/ सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए । देवकोटाले भने आफू नेपाल समाजवादी… पुरा पढौ

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक– मुख्यमन्त्री पाण्डे

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक– मुख्यमन्त्री पाण्डे
पोखरा, ८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेश सरकारको सहकार्यमा आज आयोजित संसदीय पत्रकार अभिमुखिकरण एवम् अन्तरकृया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्वद्ध सवैसंग पटक पटक छलफल गरि विधेयकलाई निष्कर्षमा पु¥याइएको बताउनु भयो । समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गदैै उहाँले संसदीय गतिविधिलाई प्रभावकारी वनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै… पुरा पढौ

गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित

गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित
पोखरा ६ असार / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गर्नुभएको थियो । उहाँले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको दावी गर्नुभयो । सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट… पुरा पढौ

पोखराका मयेरलाई एमालेको ध्यानाकर्षण, तीन पटक गुनासो आउने कर्मचारीलाई निलम्बनको माग

पोखराका मयेरलाई एमालेको ध्यानाकर्षण, तीन पटक गुनासो आउने कर्मचारीलाई निलम्बनको माग
पोखरा, ५ असार/ नेकपा एमाले पोखरा महानगर समितिले पोखरा महानगरापलिका प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा महानगरका टाइमकाड लागुगरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन र तीन पटक भन्दा बढि लिखित गुनासो आउने कर्मचारीहरुलाई निलम्बन गरी छानविन गर्न माग गरेको छ । खनिज तथा नदीजन्य पर्दाथको उत्खनन्को व्यवस्थापनका लागि महानगर पूर्वाधार विकास निगमको व्यवस्थापन एवं लगानीमा संचालन गर्न पनि एमालेले सुझाव दिएको छ । पोखरा पूर्वाधार विकास निगम ऐन बनिसकेको छ । महानगरमा उत्पादनमुलक कर्यहरु संचालन गर्न… पुरा पढौ

नेपाली काग्रेस कास्कीले पोखराका मयेरलाई १८ बुदे ज्ञापनपत्र

नेपाली काग्रेस कास्कीले पोखराका मयेरलाई १८ बुदे ज्ञापनपत्र
पोखरा, ४ असार/ नेपाली कांग्रेस कास्कीले पोखराका मयेर धनराज आचार्यलाई १८ बुदे ज्ञापनपत्र बुझाएको छ । काग्रेसले पोखरा महानगरपालिका गर्नु पर्ने सुधार समेटेर १८ बुदे सुझाब सहितको ज्ञापनपत्र बुझाएको हो । पोखरा महानगरपालिकाका बेरुजु रकम घटाउन कार्यसम्पादनमा ध्यान दिनुपर्ने, करहरुलाई सर्वसुलभ र वैज्ञानिक प्रणाली अनुसार तय गर्नु पर्ने, पोखराको तालचोक देखि बेगनासतालसम्मको सडक निर्माणलाई तिव्रता दिनुपर्ने माग छ । त्यसै गरी पोखरा बसपार्क र विन्ध्यवासीनि बसपार्कलाई व्यवस्थित र अत्याधुनिक बनाउनु पर्ने, पोखराको फोहार मैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल साइट बनाउनु… पुरा पढौ

रास्वपाले दोस्रो स्थापना दिवस साताव्यापी मनाउदै

रास्वपाले दोस्रो स्थापना दिवस साताव्यापी मनाउदै
पोखरा, ३ असार/ राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो दोस्रो स्थापना दिवसका अवसरमा साताब्यापी कार्यक्रम गरेर मनाउने भएको छ । असार १ गते देखी ७ गतेसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सवका रुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरूमा हालसालै निमार्ण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको वताईएको हो । यसै अवसरमा कास्की जिल्लाले… पुरा पढौ