
अर्जुननरसिंह केसी
पोखरा, २५ असार/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै हुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार कार्यक्रममा सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए ।
उनले अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्नु पर्ने बताए ।
उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । सांसद केसीले संविधान संशोधन, अर्थतन्त्रलाई चलायन बनाउन, जनतामा आशा जगाउन र राजनीतिक स्थायित्वको लागि दुई ठुला दल मिलेको बताए ।





