कास्कीकी विद्या भट्टराई मन्त्री बन्ने, एमाले र काग्रेसलाई कुन /कुन मन्त्रायल

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८१ मा प्रकाशित


विद्या भट्टराई

विद्या भट्टराई

पोखरा, ३१ असार/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भैसका छन् । उनले आज प्रधानमन्त्रीको सपथ लिदै छन् ।

मन्त्रीमण्डल विस्तार गर्दा कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद विद्या भट्टराई मन्त्री बन्ने भएकी छन् । लगातार २ पटक प्रत्यक्ष निर्बाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्ख राख्छिन् ।

उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने बढि सम्भावना रहेको एमाले स्रोतले बतायो । काग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले दुई पार्टीका लागि मन्त्रालय बाड्फाड् गरेका छन् ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीइ मामिला पाएको छ ।



Tags: