समाचार

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा पोखरामा फोटो प्रदर्शनी

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा पोखरामा फोटो प्रदर्शनी
पोखरा, २३ माघ / सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल… पुरा पढौ

प्रस्र्याङको सन्तानेश्वरमा शिवरात्री विशेष कार्यक्रम हुँदै, फिस्टेल आइभिएफको साथ

प्रस्र्याङको सन्तानेश्वरमा शिवरात्री विशेष कार्यक्रम हुँदै, फिस्टेल आइभिएफको साथ
पोखरा, २२ माघ/ पोखराको प्रस्र्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ । शिवरात्रीका अवसरमा फागुन ३ गते सन्तानेश्ववर महादेव मन्दिर पोखरा–५ प्रस्र्याङ चिल्ड्रेन पार्कमा विशेष कार्यक्रम हुने भएको हो । पस्र्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतवन्त्र तथा भजन साँझ आयोजना हुन लागेको कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वसर मन्दिरमा बर्सेनि शिवरात्रीका अवसरमा स्वतस्फूर्तरुपमा कार्यक्रम हुने भए पनि यसपटक व्यवस्थित ढंगले विशेष… पुरा पढौ

पोखरामा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद, दुई युवा पक्राउ

पोखरामा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद, दुई युवा पक्राउ
पोखरा, २१ माघ/ पोखरा महानगरपालिका वडा नम्बर २ भिमसेन टोलमा लुकाइछिपाइ राखिएको अवस्थामा इन्सास राइफल बरामद भएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले हतियार सहित दुई जनालाई पक्राउ गरेको हो । अनुसन्धान तथा खोजतलासका क्रममा जिल्ला महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्दै आएका १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल, घोडा दौड र भेडाको साँड जुडाई मुख्य आकर्षण

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल, घोडा दौड र भेडाको साँड जुडाई मुख्य आकर्षण
पोखरा, २० माघ/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ६ देखि ९ गतेसम्म महोत्सव हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले बताए । ‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता हामीले घान्द्रुक पर्यटन… पुरा पढौ

विश्व सिमसार दिवसमा पोखराका दुई विद्यालयमा सचेतना कार्यक्रम

विश्व सिमसार दिवसमा पोखराका दुई विद्यालयमा सचेतना कार्यक्रम
पोखरा, २० माघ/ विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्य दीप मावि र पोखरा बैदामको तालबाराही मावीमा पत्रकार कृष्णमणि बराले २० वर्ष अघि देखि खिचेका पोखराका तालहरुको विभिन्न अवस्था झल्कने तस्बिर मार्फत सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको हो । विश्व सिमसार दिवसको अवसरमा सोमबार लोमान्थाङको घुम्ती विद्यालयमा सचेतना कार्यक्रम संचालन गरिएको थियो । सहभागी विद्याथीले प्लास्टिकजन्य फोहोर लगायत कुनै पनि प्रकारका फोहोर जथाभावी फ्याँकीदा… पुरा पढौ

पामे बचत तथा ऋण सहकारीद्वारा प्रशिक्षण

पामे बचत तथा ऋण सहकारीद्वारा प्रशिक्षण
पोखरा, १९ माघ/ पामे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीको वर्तमान अवस्था र त्यसको उचित व्यवस्थापन’ विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रममा सहकारीका अभियन्ता सुदिप ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य, लेखा तथा व्यवस्थापन तहका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणमा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सुशासन, वित्तीय अनुशासन तथा प्रभावकारी व्यवस्थापनका विषयमा ढकालले सहजीकरण गरेका थिए । सहकारीको दीगो विकास, पारदर्शिता र सदस्य केन्द्रित सेवा प्रवाहलाई अझ… पुरा पढौ

कास्की प्रहरीले विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पोखरा, १९ माघ/ सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारीको प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको तथा हाल आफ्नो होटल र विभिन्न कम्पनीहरूमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायतका पदमा नेपाली कामदारको माग रहेको भनी विश्वास दिलाई उनीहरूले ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडितहरूसँग फेसबुकमार्फत कुराकानी गरी विदेश पठाइदिने आश्वासन दिँदै ११ जना व्यक्तिबाट १० हजारदेखि २ लाखसम्म रकम असुली जम्मा १४… पुरा पढौ

बादल हत्या काण्डः सर्वोच्च अदालतले ४ जनालाई जन्मकैदको फैसला

पोखरा, १९ माघ/ सर्वोच्च अदालतले लेखनाथमा भएको रामजी पौडेल बादल हत्या काण्डमा सरकारी पक्ष र प्रतिवादी दुवै तर्फको पुनरावेदन माथि अन्तिम फैसला सुनाएको छ । न्यायाधीशद्वय डा कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ चैत १७ मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पोखराको फैसला आंशिक उल्ट्याएको छ । २०७२ साउन २८ गते राति पोखरा ३० गगनगौंडामा कांग्रेस कार्यकर्ताबीचको आन्तरिक विवादमा पौडेलको हत्या भएको थियो ।उच्च अदालतले केही प्रतिवादीलाई सफाइ दिएको र केहीलाई कम सजाय तोकेको भन्दै सर्वोच्चमा… पुरा पढौ

संरक्षण क्षेत्रका वनमा फ्ँयाकिएका प्लास्टिकजन्य फोहोरबाट हस्तकालाका सामग्री

संरक्षण क्षेत्रका वनमा फ्ँयाकिएका प्लास्टिकजन्य फोहोरबाट हस्तकालाका सामग्री
पोखरा, १७ माघ/ जंगलमा जथाभाबी फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरेर कास्कीको मादी गाउँपालिका ताङतिङमा घुम्न आउने पर्यटककालागि कोसेली दिन हस्तकलाका सामाग्री बनाउन सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको मादी गाउँपालिका वडा नं ४ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन्यजन्तु, जैविक विविधतालाई असर पर्ने वनमा फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरी हस्तकलाका सामाग्री बनाउने ९ दिने तालिम दिएको हो । ताङतिङको जंगलमा वन कुकुर, ध्वाँसे चितुवा, मृग, घोरल, हिमाली कालो भालु, लंगुर, बँदेल लगायतका जंगली जनावर… पुरा पढौ

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
पोखरा, १६ माघ/ पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ । भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो… पुरा पढौ