प्रमुख समाचार

एशिया कप च्याम्पियन ट्रायथोलन जापानीज युचिदा र काजकिस्तानकी शाबालिनालाई

पोखरा, १९ चैत/ एशिया कपट्रायथोलनको उपाधि पुरुष तर्फ जापानीज र महिलाता काजकिस्तानका खेलाडीले जितेका छन् । शनिबार पोखरामा आयोजना भएको ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा जापानीज एथ्लेट जेन्ता युचिदाले जितेका छन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित बुझाए ।… पुरा पढौ

स्थानिय निर्वाचनमा गण्डकी प्रदेशमा तालमेल गर्ने निर्णय

पोखरा, १८ चैत/ स्थानियतहको निर्वाचनमा सत्ता रुढदलहरु विच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानिय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपालीकांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले जानकरी दिए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रदेश र जिल्ला स्तरका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानिय निर्वाचनका लागि प्रदेश स्तरमा तालमेल गर्दै… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन
पोखरा, १८ चैत/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभातथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशकाकानून संचार तथाप्रदेश सभामामिला मन्त्रीविन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिलगर्न सकिने बताए । गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै कृयाकलापगर्न सकिने उनको भनाई थियो । कोभिड– १९… पुरा पढौ

पोखरामा चैत २३ देखी प्याराग्लाइडिङ प्रतियोगिता

पोखरा, १७ चैत/ पोखरामा चैत अन्तिम साता २० औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । चैत २३ देखी शुरु हुने प्रतियोगिता २५ गते सम्म सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा प्रतियोगिता हुने बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा उनले बताए । प्याराग्लाइडिङको… पुरा पढौ

पोखराको नयाँ ल्याण्डफिल साइट पोखरा ३३ मा

पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले ल्याण्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्ने निर्णय गरेको छ । साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको हो । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने २ ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ । यस आगडी ल्याण्डफिल्ड साइडले पोखरा अन्तरािष्ट्रय विमानस्थललाई अप्ठेरो परेपछि सार्न लागिएको हो । पुरा पढौ

फेवाताल सहित कास्कीका तालहरुको मापदण्ड निधारण, (कुनको कति सहित )

पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फेवाताल सहित ९ वटै तालको मादण्ड तोकेको छ । फेवातालको मापदण्ड ३० मिटर कायम तोकेको छ । सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो । यसअघि ६५ मिटर मापदण्ड तोक्न सिफारीस भएपनि त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको… पुरा पढौ

पोखराको सभागृहचोकमा दुर्घटना, कलेज हिडेकी विद्याथीको मृत्यु

दुर्घटना
पोखरा, १७ चैत/ पोखराको सभागृहचोकमा दुर्घटना हुदाँ एक छात्राको मृत्यु भएको छ । बुधबार बिहान मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार १८ बर्षिय अञ्जना पाइजाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ना ६ प ४७२५ नम्बरको ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत अञ्जना पाइजालाई ठक्कर दिउको थियो । ट्रकको चक्काले पाइजालाई घिसारे पर सम्म पु¥याएको थियो । घाइता पाइजालाइृ उपचारका लागि गण्डकी मेडिकल कलेज… पुरा पढौ

पोखरामा वायु प्रदूषण उच्च, पोखरामा वर्षा

पोखरा, १६ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन छिचोलन सकेको छैन । सफा र स्वच्छ सहरका रुपमा चिनिदै आएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ । अघिल्लो वर्ष पनि यही समयमा पोखरामा वायु प्रदूषण देखीएको थियो । जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण राखेको छ । पोखरा रत्नचोक, लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल छ । पोखराको… पुरा पढौ

संघीयता मजबुत पार्न प्रदेशलाई अधिकार र स्रोत देऊ : मुख्यमन्त्री पोखरेल

काठमाडौं,  १५ चैत । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठक मुख्यमन्त्री पोखरेलले विकास निर्माण अन्य क्षेत्रमा झेल्नु परेका समस्याहरु उठान गरेका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्न निर्णय भएका विषयहरुलाई नै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसहित अन्य प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

मन्त्री विन्दुकुमार थापाको तलब भत्ता सामाजिक सेवामा

विन्दु कुमार थापा
पोखरा, १५ चैत/ गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त भएको तलब भत्ता सामाजिक सेवामा खर्च गरेका छन् । मन्त्री थापा गण्डकी प्रदेशको सांसद भए पछि अहिले सम्म ४६ लाख ६७ हजार सहयोग गरेका छन् । थापा सांसद भएदेखी पाएको तलब र भत्तामा थप गरेर सामाजीक काममा लगाएका हुन् । मन्त्री थापाले आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक सेवामा खर्च गरेको जानकारी दिए । प्रेस युनियन कास्कीद्धारा पोखरामा आयोजित पत्रकार… पुरा पढौ