एशिया कप च्याम्पियन ट्रायथोलन जापानीज युचिदा र काजकिस्तानकी शाबालिनालाई

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०७८ मा प्रकाशित


एशिया कप च्याम्पियन ट्रायथोलन जापानीज युचिदा र काजकिस्तानकी शाबालिनालाई

पोखरा, १९ चैत/ एशिया कपट्रायथोलनको उपाधि पुरुष तर्फ जापानीज र महिलाता काजकिस्तानका खेलाडीले जितेका छन् । शनिबार पोखरामा आयोजना भएको ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा जापानीज एथ्लेट जेन्ता युचिदाले जितेका छन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् ।

जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित बुझाए । स्वीमिङमा युचिदाको समय केही सेकेण्ड अघि रह्यो । उनले दुवैलाई साईक्लिङ र दौडमा समेत केही सेकेण्डको फरक पारेका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा काजाकिस्तानकी इकातेरिना शाबालिनाले १ घण्टा २ मिनेट २० सेकेण्डको समयमा पुरा गरे । त्यसैगरी जापानकी हिराकु फुकुओका दोस्रो भईन् । उनले १ घण्टा २ मिनेट ५३ सेकेण्डको समय लगाईन् । काजाकास्तानकी नाडेज्दा बेक्मागान्वेतोभाले १ घण्टा ४ मिनेट १४ सेकेण्डको समय लगाउँदै तेस्रो स्थान प्राप्त गरिन् । फेवातालमा पौडी खेलेपछि साईक्लिङ र दौड गौरीघाट–शहीदचोक–गौरीघाटमा पुगेर टुंगिएको थियो । प्रतियोगितामा सात देशका महिला तर्फ २० जना र पुरुष तर्फ ३१ जनाले सहभागीता रहको थियो ।

आईतबार दुवाथोलनमा हुने छ । दुवाथोलनमा दौड–साईक्लिङ–दौड हुने छ । दुवै इभेण्टमा विजेता खेलाडीहरुले कुल ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । ट्रायथोलनको एशिया कपको दोस्रो संस्करण हो भने साउथ एशियन च्याम्पियनसिप भने नवौं हो ।



Tags: , ,