पोखरामा वायु प्रदूषण उच्च, पोखरामा वर्षा

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०७८ मा प्रकाशित


पोखरामा वायु प्रदूषण उच्च

पोखरा, १६ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन छिचोलन सकेको छैन । सफा र स्वच्छ सहरका रुपमा चिनिदै आएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ । अघिल्लो वर्ष पनि यही समयमा पोखरामा वायु प्रदूषण देखीएको थियो ।

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण राखेको छ । पोखरा रत्नचोक, लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल छ । पोखराको मुख्यबजारको मापन देखाउन पोखरा रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको आइतबार बिहानको वायु गुणस्तर सुचकांक ६६ दशमलब ९, लेखनाथस्थित विश्वविद्यालयको ७४ दशमलब ४ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा २०३ देखिएको छ ।

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा पुरै छेकिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख मिनकुमार अर्यालले पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक रहेको बताए । उनले पोखरामा बाक्लो तुवालोले ढाकेको बताए ।

शुन्यदेखि ५० सम्मले सुचकांकले स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानुस्वास्थ्यलाई हानी पु¥याउँने मौषम विद्को भनाई छ । ३ सय भन्दा माथि जाने भनेको अधिक खराब हुन्छ ।

पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने चिकित्सकहरु बताउ छन् । पोखराको आकाशमा तुवाँलो छाउँदा विमान उँड्न र अवतरण हुन सकेका छैनन् । पोखरामा बिहान केही बेर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार पोखराका केही ठाउँमा वर्षा हुने अनुमान गरेको छ ।



Tags: ,