फोहोर
पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले ल्याण्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्ने निर्णय गरेको छ ।
साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको हो । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने २ ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।
यस आगडी ल्याण्डफिल्ड साइडले पोखरा अन्तरािष्ट्रय विमानस्थललाई अप्ठेरो परेपछि सार्न लागिएको हो ।