अर्थतन्त्र

करमा छलकपट गर्नेलाई बढी दण्डः प्रमुख कर अधिकृत शर्मा

करमा छलकपट गर्नेलाई बढी दण्डः प्रमुख कर अधिकृत शर्मा
पोखरा, ५ मंसिर/ आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ,‘उनले भने,‘व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले जरिवाना, शुल्क,दस्तुर, ब्याजमा बढी नै रकम तोकेको छ ।’ प्रमुख कर अधिकृत शर्मा कर सप्ताहअन्तर्गत पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कर सचेतनासम्बन्धी… पुरा पढौ

पूर्वगर्भनरको प्रश्न उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?

पूर्वगर्भनरको प्रश्न उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?
पोखरा, ३ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे । पोखरा उद्योग वाणिज्य संघले आइतबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने,‘नीतिपछि… पुरा पढौ

पोखरामा कर सप्ताह शुरु

पोखरामा कर सप्ताह शुरु
पोखरा, १ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस थालेको छ । “करप्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ आज देखी मंसिर ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । पहिलो दिन प्रभावतफेरि गरी राष्ट्रिय कर दिवसको शुरु गरेको छ । मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने, मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद… पुरा पढौ

पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको स्थानीय संयोजकमा फेवा क्लब

पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको स्थानीय संयोजकमा फेवा क्लब
पोखरा, २८ कात्तिक/ पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको स्थानीय संयोजकमा फेवा क्लब पामे भएको छ । क्लबका अध्यक्ष नवराज पराजुली र आयोजक बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडे विच सम्झौता भएको छ । नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा महानायक राजश हमाल र नायिका प्रियाका कार्की रहेका छन् । बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुदैछ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पुस ९ गतेदेखि १७ गतेसम्म… पुरा पढौ

यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

यती एयरलाइन्स
पोखरा, २६ कात्तिक/ यती एयरलाइन्सले मंगलबार देखि भैरहवा–पोखरा–भैरहवा उडान गर्ने भएको छ । यतीले दैनिक उडान गर्न लागेको हो । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ । हाललाई एकतर्फी हवाई भाडा २ हजार ५ सय रहेको एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरू गरेको कम्पनीले जनाएको छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

मनोहरि पौडेल
पोखरा, २५ कात्तिक/ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । टुईन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन । पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी… पुरा पढौ

व्यवसायीद्वारा तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग

व्यवसायीद्वारा तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग
पोखरा, २४ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई, सुवास बने प्लेयर अफ दि सिरिज

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई, सुवास बने प्लेयर अफ दि सिरिज
पोखरा, १२ कात्तिक/ पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै… पुरा पढौ

पोखरा काठमाडौं सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा (भिडियो सहित)

पोखरा काठमाडौं सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा
पोखरा, १२ कार्तिक/ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा थप गदैँ लगेको छ । सार्वजनिक यातायातलाई गुणस्तरीय बनाउने क्रममा कम्पनीले स्तरीय बस संचालको नीति लिएको बताएको छ । सोही अन्र्तगत कम्पनीले पोखरा देखि काठमाडौ उपत्यकाका लागि २ वटा सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा ल्याएको छ । सेवाको सोमबार कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सुभारम्भ गरे । बस हेमजाबाट बेलुका ६ बजे छुट्ने छ भने जिरोकिलोमिटर, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुदै पृथ्वीचोकबाट काठमाडौँ तर्फ जाने… पुरा पढौ

सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बराल

सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बराल
पोखरा, ११ कार्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित हुनु भएको छ । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सीना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए । कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता… पुरा पढौ