अर्थतन्त्र

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु
पोखरा, १९ मंसिर/ ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर
पोखरा, १९ मंसिर /नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्स र टिटि ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण प्रदान गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आयोजित कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरे । कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने छ । चार्जर मार्फत विद्युतिय सवारी ३० मिनेट भित्रमा फुल चार्ज हुने भएकाले चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी… पुरा पढौ

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी
लेखनाथ, १७ मंसिर/ हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग, एयरपोर्टमा प्राविधिक समस्या छैनः प्राधिकरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १३ मंसिर/ नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन् । पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी)को उडान–अतवरण हुने खालेको भएको बताउँदै उनीहरुले ठूला (वाइड बडी) जहाज भने यहाँ नआउने पनि प्रष्ट पारे । बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतयाः १८० सिट हुन्छ । उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको… पुरा पढौ

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १२ मंसिर/ हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले डिसेम्बर भित्रै पोखरालाई ल्हासासँग जोड्ने गरी उडान गर्न लागेको हो । ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्नेगरी हिमालयले प्राधिकरणबाट अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएपनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हिमालयले… पुरा पढौ

पुर्वाधार बनाए पोखरा क्रिकेट मैदानमा विश्वकम प्रतियोगिता हुन्छ– आइसिसि टोली

पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा
पोखरा, १२ मंसिर/ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला यु १९ विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण पछि बुधबार पत्रकार सम्मेलन गरेर मैदानका बारेमा जानकारी दिएको छ । टोलीमा रहेका दुई जनाले क्रिकेट मैदानको पिच… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर
पोखरा, १२ मंसिर / होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा… पुरा पढौ

नेपाल फर्निचर फ्याक्ट्रको शाखा पोखरामा

नेपाल फर्निचर फ्याक्ट्रको शाखा पोखरामा
पोखरा, ११ मंसिर/ नेपाल फर्निचर फ्याक्ट्रीले पोखरामा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं सहित ३ शहरमा शाखा रहेको फर्निचर फ्याक्ट्रीले चौथो शाखाको रुपमा पोखरा–५ पस्र्याङमा विस्तार गरेको हो । शाखाको उद्घाटन फ्याक्ट्रीका ब्रान्ड एम्बेष्डर अपिल त्रिपाठीले गरेका हुन् । यसअघि फ्याक्ट्रीको शाखा काठमाडौंसहित बुटवल र चिवतनमा थिए । एक करोड लगानी गरेर पोखरामा शाखा विस्तार गरिएको फ्याक्ट्रीका सञ्चालक सुजन अधिकारीले जानकारी दिए ।स्वदेशी उत्पादन, नेपालमै बनेको सामग्री नेपाल फर्निचर फ्याक्ट्रीले पोखराका ग्राहकहरुलाई पनि विशेष सेवासुविधाका साथ उपलब्ध गराउने गरी… पुरा पढौ

पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता

पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता
पर्वत, ९ मंसिर/ कुस्मा-बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस(२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार‌ श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस(२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत… पुरा पढौ

पोखरामा राष्ट्रिय कर सप्ताह, उत्कृष्ट करदातालाई सम्मान

पोखरामा राष्ट्रिय कर सप्ताह, उत्कृष्ट करदातालाई सम्मान
पोखरा, ७ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी रुपमा मनाएको छ । समापन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा पर्यटकीय क्षेत्र भएकोले यसको विकासमा निजि क्षेत्रसँग सहकार्य गर्ने समेत बताए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ… पुरा पढौ