
गरिमा विकास बैंकको १८ औं वार्षिक साधारणसभा, अध्यक्षमा दिलिप प्रताप खाँड चयन
पोखरा, २ माघ/ गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरिएको छ ।
त्यसै गरी साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको छ ।
साधारणसभा पश्चात लगतै बसेको सञ्चालकको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पुस १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस वितरण गरेको छ ।
विकास बैंकले हाल देशभर १ सय २३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।