पोखराको चिप्लेढुंगामा चार करोडका लागतमा ड्याडिज किचनको बाइसौं शाखा

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०८१ मा प्रकाशित


पोखराको चिप्लेढुंगामा चार करोडका लागतमा ड्याडिज किचनको बाइसौं शाखा

पोखराको चिप्लेढुंगामा चार करोडका लागतमा ड्याडिज किचनको बाइसौं शाखा

पोखरा, ११ माघ/ ड्याडिज किचनले पोखराको चिप्लेढुंगामा नयाँ शाखा बिस्तार गरेको छ । बुटवलको दीपनगरबाट सन् २०१२ मा ठेलागाडा शुरु भएको किचन अहिले रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचन हो । पोखराको चिप्लेढुंगामा बाइसौं शाखा विस्तार गरेको छ । पोखराको चौथो शाखा हो ।

चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले उद्घाटन गरे ।

करिब चार करोड लागतमा सञ्चालनमा आएको शाखामा ईण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना तथा खाजाहरु पाईने अध्यक्ष कमलजंग कुँवरले जानकारी दिए । अन्य शाखाहरुबाटजस्तै चिप्लेढुंगा शाखाबाट पनि फुड डेलिभरीको सुविधा हुने उनले बताए ।

चिप्लेढुंगा शाखामा दुई वटा मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, बर्थ–डेलगायतका कार्यक्रमहरुको सेलेब्रेसन गर्न मिल्ने सुविधा रहेको उनले जानकारी दिए ।

उनले २२ वटा शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेण्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन सञ्चालनमा रहेको उनले जानकारी दिए । उनका अनुसार अब चाँडै भारतको नयाँ दिल्लीमा पनि सेवा बिस्तार गर्ने बताए ।

उनले ड्याडिज किचनले देशभरीका शाखाहरुबाट ७ सय जनालाई र पोखराका ४ शाखाबाट मात्र २ सय ७० जनालाई रोजगारी दिएको बताए । पोखराका ४ वटा शाखामा भने १५ करोड लगानी भएको कँबरले बताए ।



Tags: