
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १७ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको २ वर्षसम्म पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसके पनि आन्तरिक उडानमा भने अहिले सम्मकै धेरैले सेवा लिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ २०२३ मा ९ लाख ४७ हजार ७१ जनाले यात्रा गरेकोमा २०२४ मा १० लाख २३ हजार ८१ जनाले यात्रा गरेका छन् । अघिल्लो वर्ष भन्दा ६ हजार ६ सय १० जना बढि हो ।
विदेशी यात्रु तर्फ भने २०२३ मा १ लाख २५ हजार ९० जनाले यात्रु गरेकोमा २०२४ मा १ लाख ७५ हजार ५ सय ३३ जनाले यात्रा गरेका छन् ।
आन्तरिक तर्फ २०२३ मा १५ हजार ८ सय ७२ उडान भएकोमा २०२४ मा १६ हजार ६ सय ५५ उडान भएका छन् । अन्तराष्ट्रिय तर्फ दुई वर्षमा ९ वटा चार्टर्ड उडान भने भएका छन् । विषेशगरी पोखरामा हुने महत्वपूर्ण इभेन्टका लागि उडान भइरहेका छन् ।
झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन ।





