
पोखरामा एसआरएम र जोयलङका विद्युतीय गाडीहरुको ¥याली
पोखरा, २१ पुस/ पोखरामा विद्युतीय गाडी एसआरएम र जोयलङका गाडीहरुको ¥याली सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.को आयोजनामा आइतबार ¥याली भएको हो ।
जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरुको ¥याली भएको हो । पोखराको लेकसाइडबाट सुरु भएको ¥यालीले हल्लनचोक, जिरोकिमी, हरिचोक, बगर, नदिपुर, महेन्द्रपुल, रानीपौवा, उत्तमचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, राष्ट्रबैंकचोक, पुन लेकसाइड पुगेको हो ।
‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित इभी ¥याली निकालिएको हो । प्रमुख अतिथि केसी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र भिजी मोटर्सका प्रडक्ट हेड चन्दन रौनियारले रिवन काटेर ¥यालीको सुरुवात गरेका थिए । कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले विद्युतीय गाडीमा यातायात व्यवसायीहरुको आकर्षण बढिरहेको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका डाइरेक्टर अशोक जैसवाल चौधरी, शिद्धबाबा यातायात प्रालिका निर्मल श्रेष्ठ, एफएनसिसिआईका पूर्व सल्लाहकार तीर्थ अधिकारी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका कार्यसमिति सदस्य अम्बिका मोहन भट्टराई, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, गण्डकी अटोमेकानिकल वक्स एसोसिएसनका संस्थापक अध्यक्ष बबरजंग गुरुङ लगायतले ¥यालीलाई शुभकामना दिए ।





