#बजेट

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट
पोखरा, १ असार/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३३ अर्बको बजेट ल्याएको छ । सोमबार प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ७२ करोड (३८.५६%), पुँजीगततर्फ २० अर्ब २ करोड अर्थात ६०.६८ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरे । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ८४ करोड, राजस्व बाँडफाँटमा १० अर्ब १६… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड
पोखरा ८, असार/ पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ बजेट प्रस्तुत गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले बजेट सार्वजनिक गरिन् । बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व… पुरा पढौ

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट, कर्मचारीलाई भत्ता, यस्ता बजेटका विशेषता

विष्णु पौडेल
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोड विनियोजन बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अहिले सम्म ६८ वर्षमा दिइँदै आएको… पुरा पढौ

पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना

पोखरा, १५ जेठ/ सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै घोषणा गरे । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न पोखरा, भरतपुर र बुटवललाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभुजमा… पुरा पढौ

आर्थिक वर्ष २०८१/८२ बजेट १८ खर्ब ६० अर्ब ३० करोड के के मा कति (पुर्ण पाठ सहित)

वर्षमान पुन तस्बिरः प्रदीपराज वन्त
पोखरा, १५ जेठ/ सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब… पुरा पढौ

नेपालमा १६ लाख पर्यटक भित्र्याइने

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख बढि पर्यटक
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए । नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए । त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने योजना छ । छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पुनले बताए । पुरा पढौ

बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

वर्षमान पुन तस्बिरः प्रदीपराज वन्त
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता राखेको उल्लेख गरेको छ । यस्तो उद्देश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई प्रयोग गर्ने जनाएको छ । प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार… पुरा पढौ

गण्डकीमा भौतिक पूर्वाधारमा ११ अर्ब १६ करोड बजेट, टुक्रे योजना कटौति

जीतप्रकाश आले
पोखरा, १ असार / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल… पुरा पढौ

गण्डकी प्रदेशको बजेट पारित

पोखरा, ३० असार/ गण्डकी प्रदेश सरकारको बजेट पास भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९/०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरिएको बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको लागि… पुरा पढौ

प्रतिष्ठानलाई छुट्याएको बजेट अन्य क्षेत्रमा खर्च गर्ने – मुख्यमन्त्री पोखरेल

पोखरा, २८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गरेका छन् । नागरिकस्तरबाट विरोध भएपछि प्रतिष्ठानमा छुट्याएको रकम प्राथमिकताको अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेका थिए । मंगलबार गण्डकी प्रदेशसभाको बैठकमा उनले राष्ट्र र व्यवस्था परिवर्तनका लागि योगदान दिएका व्यक्तिको सम्मानमा प्रदेशले बजेट बिनियोजन गरेको बताएका थिए । मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको नाममा पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेशसभा बैठकमा… पुरा पढौ