पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए ।
नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए । त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने योजना छ ।
छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पुनले बताए ।