#भलिबल

घलेलमा ल्होछार, भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार, घोडा दौडतर्फ ४० हजार

भलिबल
पोखरा, ३ पौष/ तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५… पुरा पढौ

पोखराको बाम्दीमा भएको क्बलस्तरीय महिला भलिबलको उपाधि धादिङ स्पोर्टस्लाई

पोखराको बाम्दीमा भएको क्बलस्तरीय महिला भलिबलको उपाधि धादिङ स्पोर्टस्लाई
पोखरा, १ पुस / पोखरा महानगरपालिका २३ वाम्दीमा भएको क्लबस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । धादिङ स्पोर्टस् क्लबले शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । जित सँगै धादिङले नगद १ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका… पुरा पढौ

राष्ट्रिय माविमा आयोजित छात्र/छात्रा भलिवलको उपाधी गुरुकुल र करुणानीधिलाई

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई
पोखरा, १२ मंसिर/पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ । प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी संगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए… पुरा पढौ

राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु

राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु
पोखरा, ९ मंसिर/ पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको… पुरा पढौ

महिला भलिबलमा ललितपुरलाई गण्डकीले हरायो

भलिबल
पोखरा, १७ असोज/ एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थन्डर्सले पहिलो जीत दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२३, २५–१२ ले आफ्नो पक्षमा पारेको थियो ।चौथो सेटमा ललितपुरले २५ १३ को सहज जित निकालेपछि खेल लम्बियो । गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५–७ ले आफ्नो पक्षमा पार्दै पहिलो जीत दर्ता गर्यो । जीतसँगै चार खेलमा चार अंक… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित
पोखरा, १९ भदौ/ पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट)… पुरा पढौ

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित
पोखरा, १८ भदौ/ साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो । पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा… पुरा पढौ

लामाचौर आज देखी भलिबल शुरु, एपिएफ र गण्डकी विच पहिलो खेल

भलिबल
पोखरा, १८ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २… पुरा पढौ

२६ औं लामाचौर तीज महोत्सव तयारी, राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

२६ औं लामाचौर तीज महोत्सव तयारी, राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
पोखरा, ११ भदौ /नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता… पुरा पढौ

लामाचौरमा आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता भदौ तेस्रो साता

लामाचौरमा आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता भदौ तेस्रो साता
पोखरा, २१ साउन/ पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भदौ १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष… पुरा पढौ