कास्की, २४ पुस /कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त…
पुरा पढौ