पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना
पोखरा, १५ जेठ/ सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै घोषणा गरे । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न पोखरा, भरतपुर र बुटवललाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभुजमा…
पुरा पढौ
आर्थिक वर्ष २०८१/८२ बजेट १८ खर्ब ६० अर्ब ३० करोड के के मा कति (पुर्ण पाठ सहित)
पोखरा, १५ जेठ/ सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब…
पुरा पढौ
नेपालमा १६ लाख पर्यटक भित्र्याइने
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए । नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए । त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने योजना छ । छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पुनले बताए ।
पुरा पढौ
बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता राखेको उल्लेख गरेको छ । यस्तो उद्देश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई प्रयोग गर्ने जनाएको छ । प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार…
पुरा पढौ
गण्डकीमा भौतिक पूर्वाधारमा ११ अर्ब १६ करोड बजेट, टुक्रे योजना कटौति
पोखरा, १ असार / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल…
पुरा पढौ
गण्डकी प्रदेशको बजेट पारित
पोखरा, ३० असार/ गण्डकी प्रदेश सरकारको बजेट पास भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९/०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरिएको बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको लागि…
पुरा पढौ
प्रतिष्ठानलाई छुट्याएको बजेट अन्य क्षेत्रमा खर्च गर्ने – मुख्यमन्त्री पोखरेल
पोखरा, २८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गरेका छन् । नागरिकस्तरबाट विरोध भएपछि प्रतिष्ठानमा छुट्याएको रकम प्राथमिकताको अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेका थिए । मंगलबार गण्डकी प्रदेशसभाको बैठकमा उनले राष्ट्र र व्यवस्था परिवर्तनका लागि योगदान दिएका व्यक्तिको सम्मानमा प्रदेशले बजेट बिनियोजन गरेको बताएका थिए । मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको नाममा पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेशसभा बैठकमा…
पुरा पढौ
पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य
पोखरा, २७ असार/ पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष ०७९/८० करका दरहरु घटाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको बताए । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याए पनि महानगरले करको दर घटाएको उनको भनाई छ । करको दर घटाएर दायर बढाएको उनले बताए । पोखराका मेयर आचार्यले सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाएपनि…
पुरा पढौ
पोखरा महानगरपालिकाको ६१ प्रतिशत खर्च
पोखरा, २७ असार/ चालु आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ । पोखरा महागनरपालिकाको तथ्यांकअनुसार असार महिनाको तेस्रो साता सम्म ६१ प्रतिशत बढि खर्च भएको हो । तेस्रो साता सम्म ३ अर्व ९४ करोड खर्च भएको पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख उपसचिब जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको । सुरुवाती विनियोजनका आधारमा हेर्दा हालसम्म चालुतर्फ २ अर्ब ३१ करोड ३९…
पुरा पढौ
पोखरा महानगरको ८ अर्ब ७७ करोड बजेट पास, विभिन्न समिति गठन
पोखरा, २६ असार/ पोखरा महानगरपालिकाको बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सभामा छलफल पछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान २…
पुरा पढौ