#निर्वाचन

पोखराको मेयरमा धनराज आचार्य २४५० ले अगाडी, उपमेयरमा एमालेकी मन्जु ९ मतले अगाडी अग्रता

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । उनले मत अन्तरलाई अझ फराकीलो बताउदै लगेका छन् । ५२ हजार ८ सय १७ मतगणना हुदाँ आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गरे । आचार्य र थापाको मत अन्तर २ हजार ४ सय ५० पुगेको छ । राप्रपा शंकर खराल २ हजार १ सय ८६ मत प्राप्त गरेका छन्… पुरा पढौ

पोखरा महानगरमा उपमेयरमा मन्जुको अग्रता

मन्जु गुरुङ
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकामा उपमेयरमा मन्जु गुरुङले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार मन्जुले नेपाली काग्रेसकी उमेद्वार कोपिला रानाभाट भन्दा २ सय २८ मतले अगाडी छन् । मन्जुले २० हजार २ मत प्राप्त गर्दा कोपिलाले १९ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् । त्यसै गरी मयेरमा गठबन्धनबाट एकिकृत समाजबादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै छ । आचार्य १९ हजार ६ सय १५ मतले अघि छन् । नेकपा एमाले कृष्ण थापाले १७ हजार ५ सय १२ मत… पुरा पढौ

पोखरा महानगरपालिका वडा २५ मा कांग्रेसका मोतिलाल तिमिल्सिना विजयी

मोतिलाल तिमिल्सिना
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २५ मा कांग्रेसका मोतिलाल तिमिल्सिना विजयी भएका छन् । उनले नेकपा एमालेका तिर्थबहादुर थापालाई हराए । अन्य सदस्यहरु भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालका कृष्ण बहादुर कुवरँ र सुवाष भण्डारी, महिला सदस्य धनकुमारी पोखरेल र दलित महिला सदस्य तारा विश्वकर्मा विजय भए । पुरा पढौ

पोखरा महानगरपालिका वडा ६ अध्यक्षमा एमाले विष्णु बहादुर भट्टराई विजयी

पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा एमालेका विष्णु बहादुर भट्टराई विजयी भएका छन् । उनले नेपाली काग्रेसका जगत बहादुर पहारी हराउदै विजयी बने । खुल्ला सदस्य एमाले दिपेन्द्र पहारी र वासुदेव बराल विजयी भएका छन् । महिला सदस्य कांग्रेसकी पवित्रा थापा र दलित महिला सदस्य कांग्रेस शोभा जलारीले विजयी भएका छन् । पुरा पढौ

पोखरा २६ मा नेपाली काग्रेसका नरेन्द्र थापाको प्यानल नै विजयी

नरेन्द्र थापा
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका २६ मा नेपाली काग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । उनले नेकपा एमाले का सूर्यनाथ भण्डारीलाई हराउदै विजयी भएका हुन् । पोखरा २६ मा नेकपा माओवादी केन्द्रका अनिल परियार, विवेकशील साझा पार्टीका चन्द्रज्योति ढुङगाना, राप्रपाका टिकाराम अधिकारी, उन्नत लोकतन्त्र पार्टीका पवन ढुङगाना र स्वतन्त्रबाट कर्णबहादुर विश्वकर्मा, नारायणप्रसाद लामिछाने र विरेन्द्र रानाभाटा अध्यक्षका उमेद्वार थिए । खुल्ला सदस्यमा तिर्थबहादुर राजभाट र सुदिपराज ढुङगाना, सहिला सदस्यमा लक्ष्मीदेवी भट्टराई र दलित महिला सदस्यमा सुजना बराल सुनार विजयी भएका… पुरा पढौ

पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी

पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो । नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् । मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए । पुरा पढौ

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्रबर २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनले नेकपा एमालेका रामचन्द्र थापालाई हराए । अन्य सदस्यमा भने नेकपा एमालेका उमेद्वारी विजयी भए । खुल्ला सदस्यमा नेकपा एमालेका कृष्ण प्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र महिला दलित सदस्यमा मैयाँ नेपाली विजयी भएका छन् । पुरा पढौ

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई हराए । त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् । पुरा पढौ

पोखरा महानगरमा धनराजलाई १९४५ मतले अग्रता

धनराज आचार्य
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजबादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३४ हजार ६ सय १३ मतगणना हुँदा धनराज आचार्य १ हजार ९ सय ४५ मतले अघि छन् । उनले १४ हजार ३ सय ६२ मत प्राप्त गर्दा एमालेका उमेदवार कृष्ण थापाले १२ हजार ४ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका शंकर खनालले १ हजार ४ सय ८३ मत पाएका छन् भने स्वतन्त्र उमेद्वार खड्कराज पौडेल गनेशले ८ सय १५ मत प्राप्त… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग र उपाध्यक्षमा एमालेकी कल्पना विजयी

देवीजङ्ग गुरुङ
पोखरा, ३ जेठ/ मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ विजयी भएका छन् । कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८ सय ३४ मतान्तरले पराजित गरे । देवीजंगले ६ हजार ५ सय ८४ मत ल्याउँदा शिवले ५ हजार ७ सय ५० मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित भएकी छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गरिन् । कल्पनाले ५ हजार ८ सय २८ र लालबहादुरले ५ हजार… पुरा पढौ