पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । उनले मत अन्तरलाई अझ फराकीलो बताउदै लगेका छन् ।
५२ हजार ८ सय १७ मतगणना हुदाँ आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गरे । आचार्य र थापाको मत अन्तर २ हजार ४ सय ५० पुगेको छ । राप्रपा शंकर खराल २ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र खड्कराज पौडेल गनेशले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा मन्जु गुरुङले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार मन्जुले नेपाली काग्रेसकी उमेद्वार कोपिला रानाभाट भन्दा ९ मतले अगाडी छन् । मन्जुले २२ हजार १ सय ३१ मत प्राप्त गर्दा कोपिलाले १९ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् ।
पोखरामा १२ वटा वडाको मतगणना सकिसकेको छ । जसमा वडा नम्बर २, ३, ४, १२, १३, २३, २४, २५, २६ नेपाली काग्रेसले विजय हासिल गरेको छ भने वडा नम्बर १, ५ र ६ नेकपा एमालले विजयी हासिल गरेको छ । अहिले पोखरा ७, ८, ९, १४, २०, २७, २८ र २९ मा मतगणना भइरहेको छ ।