#आगलागी

तनहुँको दमौली बजारमा आगलागी, २० सटर जले

आगोलागि
तनहुँ, ७ जेठ/ तनहुँको व्यास नगरपालिका–३, दमौली बजारमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । आगोलाई ३ घण्टाको प्रयासपछि पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । ३ घण्टाको प्रयास पछि नियन्त्रणमा लिए आगलागीका कारण… पुरा पढौ

पोखराको गुफा डाँडामा भीषण आगलागी

काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/ पोखरा १८ गुफा डाँडामा भिषण आगलागी भएको छ । बुधबार साझँ जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरी खटिएका हुन् । जंगलमा लागेको आगो निभाउन दमकल जान सक्ने ठाउँ छैन । अहिले आगो पोखरा ५ फारम र पोखरा ६ लेकसाइड तर्फको जंगल तर्फ बढि रहेको छ । पुरा पढौ

नवलपुरमा भिषण आगलागीः आगो गाउँपस्दा १२ घरगोठ जले, १ जना घाइते

नवलपुरमा भिषण आगलागीः आगो गाउँपस्दा १२ घरगोठ जले, १ जना घाइते
नवलपुर, १० बैशाख/ नवलपुरको मध्यविन्दु नगरपालिका १४ चनौटे र सुर्खा गाउँमा भिषण आगलागी भएको छ । मध्यविन्दु १४ को सुर्खा जंगलमा लागेको आगो दिउँसो गाउँमा पसेको थियो । आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगाप्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले… पुरा पढौ

पोखराको नैना दोहोरी साँझमा आगलागी, करिब ६० लाख क्षती

पोखराको नैना दोहोरी साँझमा आगलागी, करिब ६० लाख क्षती
पोखरा, २७ मंसिर/ पोखरा महानगरपालिका ८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरीमा बुधबार बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा नगद ५० हजार, ५ वटा एसि, १० वटा… पुरा पढौ

धनगढीमा आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति

आगोलागि
धनगढी, २ मंसिर/ धनगढीमा विद्युत सर्ट भएर आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति भएको छ । धनगढीको रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको हो । आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सु सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्स लगायतका पसलमा क्षति पुगेको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार… पुरा पढौ

लमजुङको एक घरमा आगलागी, करिब ३३ लाख रुपैयाँबराबरको क्षति

आगोलागि
लमजुङ, २९ कात्तिक/ लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित एक घरमा आगलागी भएको छ । शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विन्दु श्रेष्ठको २ तले कच्ची घरमा शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको… पुरा पढौ

पोखरामा आगलागी हुँदा करिब २० लाखको क्षति

आगोलागि
पोखरा, २९ कात्तिक/ पोखराको जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा मंगलबार बिहान आगलागी भएको छ । फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक फडिन्द्र भण्डारी बताए । स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत विग्रिएको बताए । स्टुडियोमा रहेका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशीन, क्यामरा लगायतका सामानमा क्षति भएको उनले बताए । समयमा नै आगो नियन्त्रणमा भएपनि क्षति पुगेको बताए । विद्युत्त सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । सञ्चालक भण्डारीले इन्टरनेटको राउटर र… पुरा पढौ

पोखराको चाउथेमा फर्निचर उद्योगमा आगलागी

आगोलागि
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका १४ चाउथेमा रहेको पाल्पालि फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ठुलो क्षति भएको सञ्चालनकले बताएका छन् । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान छ । पोखराको लेकसाइडमा केही दिन अगाडी लेकसाइड सेन्टरको अन्डरग्राउडमा आगोलागी हुदाँ ठुलो क्षति भएको थियो । पुरा पढौ

पोखरा रंगशालामा खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा रंगशाला
पोखरा, २६ असार/ पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आइतबार खेल चलिरहेका बेला आगलागी भएको छ । खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो । कभर्डहल भित्र सिक्स ए साइड महिला तथा पुरुष हक्कि खेल संचालन भईरहेको थियो । आगलागी पछि खेल स्थगति भएको छ । पोखरा महानगरपालिका बारुणयन्त्र ल्याएर आगलागी नियन्त्रणमा लिएको छ । कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ