
जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/ पोखरा १८ गुफा डाँडामा भिषण आगलागी भएको छ । बुधबार साझँ जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् ।
जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरी खटिएका हुन् । जंगलमा लागेको आगो निभाउन दमकल जान सक्ने ठाउँ छैन ।
अहिले आगो पोखरा ५ फारम र पोखरा ६ लेकसाइड तर्फको जंगल तर्फ बढि रहेको छ ।





