लमजुङको एक घरमा आगलागी, करिब ३३ लाख रुपैयाँबराबरको क्षति

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


आगोलागि

आगोलागि

लमजुङ, २९ कात्तिक/ लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित एक घरमा आगलागी भएको छ ।

शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

विन्दु श्रेष्ठको २ तले कच्ची घरमा शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो ।

आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको स्थानीयले बताए । स्थानीय, प्रहरी साथै बेंसीशहर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।



Tags: