पोखरामा आगलागी हुँदा करिब २० लाखको क्षति

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, २९ कात्तिक/ पोखराको जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा मंगलबार बिहान आगलागी भएको छ ।

फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक फडिन्द्र भण्डारी बताए । स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत विग्रिएको बताए ।

स्टुडियोमा रहेका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशीन, क्यामरा लगायतका सामानमा क्षति भएको उनले बताए । समयमा नै आगो नियन्त्रणमा भएपनि क्षति पुगेको बताए ।

विद्युत्त सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । सञ्चालक भण्डारीले इन्टरनेटको राउटर र सिसी टिभिको लाइन बाहेक भित्र अन्य विद्युतिय सामान ‘अन’ नभएको जनाए ।



Tags: