समाचार

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग
पोखरा, ७ फागुन / नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जना चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ५ फागुन/ मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पोखराका थप ५ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी चेकिङ टोलीले ५ जनालाई पक्राउ गरेको हो । मंगलबार बिहान स्कुल बसका चालकहरूको जाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले रत्न ज्योति बोडिङ स्कुलको ग १ क ५९६२ नम्बरका बस चालक,… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस चलाएका पोखराका पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बिहान विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको फेला परेको हो । ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले गरेको जाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको… पुरा पढौ

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १८ को सेदी र रातोमाटो डाँडा क्षेत्रमा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइएको छ। महानगरपालिकाका अनुसार केही व्यक्तिहरूले महानगरको स्वीकृति विना अस्थायी संरचना निर्माण गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी टोलीले पटक–पटक निर्माण कार्य रोक्का राख्दै निर्माण सामग्री समेत नियन्त्रणमा लिएको थियो। तर, सम्बन्धित व्यक्तिहरूले रातिको समय तथा सार्वजनिक बिदाको दिनमा समेत निर्माण कार्य जारी राखेको पछि सोमबार प्रहरीको टोलीले हटाएको हो । नेपाल प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले उक्त अवैध… पुरा पढौ

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग
पोखरा, ४ फागुन/ पोखरा वडा नम्बर ५, ६, ७ र १८ को संगम स्थल बासेको पधेरोमा आवासिय क्रियापुत्री भवन निर्माणका लागि सहयोग आएको छ । पोखरा ६ को जरेवर उज्वल दिदी बहिनी समूहले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । जरेवर उज्वल दिदी बहिनी समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । आवासिय क्रियापुत्री भवन नहुँदा बिभिन्न जिल्लाबाट पोखरामा आएर व्यपार, व्यवसाय गर्ने र स्थानीय… पुरा पढौ

पोखरा ५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने

पोखरा ५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने
पोखरा, ३ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ मा प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाणका लागि शिलान्यास भएको छ । शिवरात्रीको अवसर पारेर मन्दिर पुनर्निर्माणको शिलान्यास पोखरा–५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल गरे । वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्तिथ गर्न गुरु योजना तयार गरिएको बताए । उनले यस पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा ५ को प्रमुख धार्मिक स्थल बनाउने बताए । मन्दिरको पुननिर्माण महानगरको योजना र स्थानीयको सहयोगमा गर्ने योजना छ । मन्दिर पुननिर्माण कार्यका लागि १… पुरा पढौ

फेवातालमा राति २ बजे कार खस्यो, चालकको ज्यान गयो

फेवातालमा राति २ बजे कार खस्यो, चालकको ज्यान गयो
पोखरा, २ फागुन/ पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ । सशस्त्र प्रहरी बल कालिका गणका अनुसार गए राती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला ५ घर भई पोखरा ७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङले ज्यान गुमाएका हुन् । पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणका गणपति वसन्त बहादुर सिंहको कमान्डमा गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो । तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा निर्माता एवं अभिनेत्री माया गुरुङको सहयोग

फोटो पत्रकार अक्षयकोषमा निर्माता एवं अभिनेत्री माया गुरुङको सहयोग
पोखरा, १ फागुन/ नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङकी सल्लाहकारसमेत… पुरा पढौ

फेवातालमा म्यागजिन सहितको एसएलआर राईफल भेटियो

फेवातालमा म्यागजिन सहितको एसएलआर राईफल भेटियो
पोखरा, १ फागुन/ पोखराको फेवातालमा माछा मार्ने क्रममा १ थान एसएलआर राईफल र त्यसमा लोड भएको १८ राउण्ड गोली सहितको म्यागजिन फेला परेको छ । बिहीबार साँझ स्थानीय ४२ वर्षीय कुमार जलारीले तालमा माछा मार्नका लागि तालमा जाल हान्ने क्रममा हतियार फेला पारेका हुन् । सोही क्रममा जालमा केही भारी वस्तु अड्किएपछि तान्दा हतियार निस्किएको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियारमा मु वा १११ (बट) नम्बर र बडी नम्बर १३८१० उल्लेख गरिएको छ । जालमा हतियारसँगै सोही हतियारमा लोड… पुरा पढौ

म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने पोखराको काठमाडौं फ्रेस बेकरीलाई जरिवाना

म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने पोखराको काठमाडौं फ्रेस बेकरीलाई जरिवाना
पोखरा, २८ माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रिएका तथा लेबल विवरण नखुलेका खाद्य सामग्री बिक्री गरेको आरोपमा पोखरा महानगरपालिका–९ स्थित काठमाडौं फ्रेस बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं फ्रेश बेकरीबाट उत्पादित केक खाँदा बिरामी परेको उपभोक्ताको गुनासोपछि जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, उपभोक्ता मञ्च लगायतको संयुक्त अनुगमन टोलीले माघ २७ गते अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल, उत्पादन स्थल तथा भण्डारण कक्षमा म्याद गुज्रिएका केही सामग्री फेला… पुरा पढौ