प्रमुख समाचार

१४ बुदेँ पोखरा घोषणपत्र जारी गर्दै न्यायिक सम्मेलन सम्पन्न

पोखरा, १५ चैत/ पोखरामा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलन १४ बुदेँ पोखरा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना भएको सम्मेलनमा देशभरका पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएर स्थानीय तहका न्यायिक समितिले गरेका असल अभ्यास र चुनौतीहरु बारे छलफल गरे । घोषणापत्रमा न्यायिक समितिलाई प्रदत्त अधिकार प्रयोगको शुरुवाती अवस्था, कार्यान्वयनमा लैजान आवश्यक कार्यविधिगत कानूनको कमी र दक्ष जनशक्तिको लागि उद्देश्यले न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी बनाउन कानून अधिकृत वा सो सरहको स्थायी… पुरा पढौ

कास्कीमा मोदी–लेखनाथ प्रसारण लाइनको लाहाचोक सवस्टेशन उद्घाटन

पोखरा, १५ चैत/उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा निर्माण सम्पन्न भएको ‘लाहाचोक १३२/३३-११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्नुभएको छ । कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरी सवस्टेशन निर्माण भएको हो । निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको नेपाल विद्युत प्राधिकरणले सवस्टेशन निर्माण गरेको हो । सवस्टेशन नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत मोदी जलविद्युत केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको… पुरा पढौ

न्यायिक समिति लोकतन्त्र र सभ्याताको बाहक– राष्ट्रिपति भण्डारी

पोखरा, १४ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताएकी छन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको उल्लेख गरीन् । उनले पहिले पहिले कचहरीहरुले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको बताइन् । राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिवाना गर्ने कुरा ठुलो भएको भन्दै यसमा गाम्भीर्यता जरुरी रहेको बताईन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको… पुरा पढौ

कास्कीमा ५७ हजार मतदाता थपिए

पोखरा, १४ चैत/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता पुगेका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनीक गरेको तथ्याङक अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा ५७ हजार २० जना मतदाता कास्कीमा बढेका छन् । ७४ सालमा कास्कीमा २ लाख २४ हाजर ८ सय १३ जना मतदाता रहेका थिए । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ३६ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । कास्कीमा कास्कीमा रहेका पाँच पालिका… पुरा पढौ

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
बिर्घा(स्याङ्जा), १३ चैत / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भिœयाउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए । धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘भारतका प्रधानमन्त्री… पुरा पढौ

राईजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जित

पोखरा, चैत १३/ ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारलाई बुझाउदै चिनियाँ विदेशमन्त्री वाङ यी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
सागर राज तिमिल्सिनापोखरा, १२ चैत/ /निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिन सरकारले नेपाल सरकारलाई शनिबार हस्तान्त्ररण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादर देउवालाई सिम्बोलीक कि हस्तान्तरण गर्न लागेका छन् । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कार्यालयमा सिम्बोलीक कि हस्तान्तरण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । सोही समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनी सिएएमसीईलाई… पुरा पढौ

सीप भएका मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छः मन्त्री बराल

पोखरा, ११ चैत/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आइ.बि.एन. मिडिया एण्ड रिसर्च प्रा.लि. र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजित अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान बिषयक छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो “प्रदेश सरकारले सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छ, यदि उनीहरु विदेशीन बाध्य भए भने कोरोनाबाट थलिएको पर्यटन माथि उठाउन… पुरा पढौ

जुनियर टेनिसमा विश्व विशेषलाई दुई स्वर्ण

पोखरा, ११ चैत्र/ विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जितको छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण जितेका हुन् । यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गरे । पोखराका आर्यश राज पौडेलले तेश्रो तथा संघर्ष फोकदारले चौंथो स्थान हाँसिल गरे । ९ वर्ष मुनिको इभेण्टमा तेश्रो भएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा म्याराथन
पोखरा, ११ चैत/ ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत चैत्र १२ गते शनिबार हुने वाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने वाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला/पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला/पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष… पुरा पढौ