राईजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जित

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


राईजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जित

पोखरा, चैत १३/ ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो ।

वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा उनी बोल्डआउट भए । अर्का ओपनर कविन सापकोटालाई १२ रनमा आउट भएपछि माछापुच्छ«े केही संकटमा पर्यो । प्रविन ढकाल केवल ३ रनमै आउट भए ।

ऋतिक थापा मगर शून्य रनमै पभेलियनको बाटो समाएपछि मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले इनिङ सम्हाले । खत्री राजु तामाङको बलमा बोल्ड हुनु अघि २८ रनमा खेलिरहेका थिए । तामाङकै बलमा विमल तिवारी व्यक्तिगत २२ रनमा आउट भएपछि माछापुच्छ«े थप संकटमा पर्यो । तिवारीले ३१ बल खेल्दै १ चौका प्रहार गरे । खत्रीले २८ रन बनाउने क्रममा ४० बल खेल्दै १ छक्का हिर्काए । मनोज कोइराला ९ रनमा अविजित रहे ।

बलिङमा राजु तामाङले ४–०–१७–२ को स्पेल देखाए । सन्जय शर्मा र सुदिप पौडेलको नाममा २/२ विकेट लेखियो । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब सुदिप पौडेल र रिकेश गुप्ताले क्रमश २० र ११ रनको दोहोरो स्कोर तयार पारे । अन्य व्याटरको व्याटबाट दोहोरो अंकको रन जोडिन सकेन् । अन्तत ६४ रनमा समेटिन पुग्यो । बलिङ ऋतिक थापा मगरले ४ विकेट लिए । दिपेश खत्री, प्रविन ढकाल र विनोद नेपालीले समान २/२ विकेट लिए । थापा मगर प्लेयर अफ दि म्याच घोषित भए ।

अर्को खेलमा राईजिङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । टस जित्दै व्याटिङ गरेको राईजिङले १२१ रनको योगफल तयार पार्यो । नवौं नम्बरमा आएका विमलविक्रम खत्रीले ४४ रनको अविजित रहँदै महत्वपूर्ण इनिङ खेले ।

ओपनर सागर लामिछाने शून्य र मिलन थापा २ रनमै आउट भएपछि राईजिङ दबावमा परेको थियो । किरण पौडेल पनि ५ रनमा आउट भएपछि चौथो नम्बरमा आएका नविन पोखरेल पनि शून्यमै आउट हुन पुगे । एकपछि अर्को गरी सस्तैमा व्याटर आउटभएपछि राईजिङलाई कप्तान अमृत गुरुङले सम्हाल्ने प्रयास गरे । लामिछाने र पोखरेल विजय राउतको बलमा बोल्ड भए । अमृतले ३३ बल खेल्दै ३१ रन बनाउने क्रममा राउतकै बलमा विकेट किपरको हातबाट क्याच हुन पुगे । अमृतले २ छक्का प्रहार गरे । कृष्ण पौडेलले २३ रन बनाउने क्रममा १७ बल खेल्दै २ चौका र १ छक्का हिर्काए ।

पौडेल र खत्रीले आठौं विकेटको लागि महत्वपूर्ण साझेदारी निभाए । खत्रीले अविजित ४४ रन बनाउने क्रममा ३१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । बलिङ तर्फ विजय राउतले ३ विकेट लिदाँ अनिष खड्काले पनि ३ विकेट आफनो नाममा लेखाउन सफल भए ।

१२२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटल क्लब ११७ रनमा समेटिएपछि ४ रनले हार व्यहोर्न पुग्यो । मुस्कान थापा, अनिल गुरुङ र प्रमोद बास्तोलाले प्रभावकारी व्याटिङ गरेपनि अन्य व्याटरले रन जोड्न नसक्दा झिनो रनको हार व्यहोर्यो । मुस्कानले २ चौकाको मद्धतमा २७ रन बनाए । यद्यपी अर्का ओपनर विकास अधिकारी केवल १ रनमै आउट भए । अमृत गुरुङको बलमा क्याच आउट भए । सुवास भण्डारी पनि १ रनमै आउट भएपछि पोखरा क्रिकेट क्लबको इनिङलाई भरपर्दा व्याटर अनिल गुरुङले मुस्कार थापासँग सहकार्य गरे । अनिलले ३० रनको योगदान दिने क्रममा १ छक्का हिर्काए ।

उनी अमृत गुरुङको बलमा बोल्ड भएपछि ईशान श्रेष्ठले पनि क्रिजमा टिकेनन् । उनी शून्यमै पभेलियन फर्किए । प्रेम गुरुङले ११रन जोडे । प्रमोद बास्तोलाले २३ रन बनाएपनि जितको हकदार बनाउनबाट चुके । कृष्ण पौडेलले ३५ रन खर्चिएर ४ विकेट लिदाँ विमलबिक्रम कार्कीले ३ विकेट लिए । अमृत गुरुङ र विशाल रिजालले २÷२ विकेट लिएका थिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।



Tags: