कास्कीमा ५७ हजार मतदाता थपिए

-


     क्लिक गण्डकी     
     चैत्र १४ गते २०७८ मा प्रकाशित


फाइल फोटो निर्वाचनमा मतदान गर्दै । तस्बिरः सञ्जय शाक्य

पोखरा, १४ चैत/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता पुगेका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनीक गरेको तथ्याङक अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा ५७ हजार २० जना मतदाता कास्कीमा बढेका छन् । ७४ सालमा कास्कीमा २ लाख २४ हाजर ८ सय १३ जना मतदाता रहेका थिए । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ३६ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

कास्कीमा कास्कीमा रहेका पाँच पालिका मध्ये सबै भन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हाजर ६ सय ४४ जना मतदाता थपिएका छन् । पोखरा महानगरपालिकामा २ लाख ७७ हजार १२ जना मतदाताले बैशाख ३० गते हुने निर्वाचनमा मतदान गर्न पाउने छन् । कास्कीको अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ जना मतदाता पुगेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा ४ हजार ७ सय ७९ जना मतदाता थपिएका छन् ।

माछापुच्छ«े गाउँपालिकामा २० हजार ३ सय १६ मतदाता रहेका छन् । अहिले ४ हजार १४ जना मतदाता बढेका छन् । त्यसै गरी मादी गाउँपालिकामा ५ हजार २ सय २३ मतदाता थपिदै १८ हजार ७ सय ८२ जना मतदाता पुगेका छन् । त्यसै गरी रुपा गाउँपालिकामा ३ हजार ३ सय ६० मतदाता थपिदै १४ हजार ६ सय ७५ पुगेको छ ।

गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता रहेका छन् भने १ हजार २ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्र रहेका छन् । नेपालमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता पुगेका छन् ।