कास्कीमा मोदी–लेखनाथ प्रसारण लाइनको लाहाचोक सवस्टेशन उद्घाटन
पोखरा, १५ चैत/उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा निर्माण सम्पन्न भएको ‘लाहाचोक १३२/३३-११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्नुभएको छ ।
कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरी सवस्टेशन निर्माण भएको हो । निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको नेपाल विद्युत प्राधिकरणले सवस्टेशन निर्माण गरेको हो ।
सवस्टेशन नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत मोदी जलविद्युत केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ ।
उद्घाटन गर्दै मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत पु¥याउने लक्ष्य सहित सरकार अगाडी बढेको बताइन् । देशभित्र कुलेखानी बाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग विजली खरीद गर्नुपर्ने बाध्यता रहेपनि अर्को वर्षबाट आत्मनिर्भर बन्ने उनको भनाई थियो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले सवस्टेशन लगायतका प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासीहरु प्रभावित भएकाले सरकारले उचित मुआव्जा दिन आग्रह गर्नु भयो । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सवस्टेसन निर्माण र सञ्चालनसँगै विद्युत आपूर्ति र गुणस्तरमा सुधार आउने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी–लेखनाथ प्रसारण लाईन र यसअन्तर्गतका सवस्टेशनबाट ग्रामिण क्षेत्र सहित पोखराको आधा भुभागमा विद्युत सेवामा सुधार आउने बताए ।
नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको र भारतको एक्जिम बैँकको ऋण लगानीमा सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । १ अर्व ५ करोडको लागतमा निमार्ण भएको हो । भारतको हिताक्षी इनर्जी कम्पनीले ठक्का भएको थियो । माछापुच्छ«े गाउँपालिका मर्दी खोलामा दुई र सार्दीखोलामा एक जलविद्युत आयोजना निर्माण सम्पन्न भएको र सेतीमा दुई आयोजना निर्माणको क्रममा रहेका छन् । गाउँपालिकाबाट १४३ मेगावाट जलविद्युत केही महिनाभित्रमा राष्ट्रिय प्रसारणमा जोडिने छ ।