स्वास्थ्य

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट
पोखरा, ४ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो । छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर छन् । गएको शनिबारदेखि लागू भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन सम्झौता गरिएको बताउँछन् । पछिल्लो जनगणनाअनुसार पोखरा… पुरा पढौ

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर
पोखरा, २४ चैत/ ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए । स्वास्थ्य शिविरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे । बिरामीको सुगर, प्रेसर, मृगौला र… पुरा पढौ

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति
पोखरा, २२ चैत/ पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शैयाको अस्पताल सञ्चालनका लागि प्रदेशले अनुमति पाएको हो । १ सय शैया सम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको शर्माले बताए । अनुगमन प्रतिवेदनकै आधारमा… पुरा पढौ

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा
पोखरा, १८ चैत/ जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए । आफु भाषण भन्दा पनि… पुरा पढौ

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित
पोखरा, १५ चैत / पोखरा महानगरपालिका १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा १३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो । शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविर डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा भएको थियो । शिविरको व्यवस्थापन शहरी स्वास्थ्य केन्द्र पोखरा १३ ले गरेको थियो ।… पुरा पढौ

पोखराको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
पोखरा, ९ चैत/ पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला सफलता पूर्वक प्रत्यारोपण भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका १० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण भएको हो । यसअघि २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक… पुरा पढौ

राष्ट्रिय मावि हीरक महोत्सवः निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

राष्ट्रिय माविको हीरक महोत्सवः निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण
पोखरा, २३ फागुन/ स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद… पुरा पढौ

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, १० पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’ स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार,… पुरा पढौ

पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, १७ मंसिर/ पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो… पुरा पढौ

नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीको उमेद्वारी घोषणा

सन्तोष पराजुली
पोखरा, ४ मंसिर/ नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीले उमेद्वारी घोषणा गरेका छन् । नेपाल औषधी व्यवसायी संघ कास्कीको मंसिर ८ र ९ गते पोखरामा हुने दोस्रो जिल्ला अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । औषधीको सहि सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराका साथ उनले उमेद्वारी दिएको बताए । उनी फिस्टेल फार्मेसी प्रालि गैहपाटन, पुकार मेडिसेल्स, समिक्षा मेडिसेल्स, तालबाराही फार्मेसी लगाएतकाका सञ्चालक हुन् । पुरा पढौ