कृषि

पोखरामा अनुमती बिनै अनुदानको मल बिक्रि, बढि मुल्य लिएपछि कार्वाही

पोखरामा अनुमती बिनै अनुदानको मल बिक्रि, बढि मुल्य लिएपछि कार्वाही
पोखरा, १ कात्तिक/ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेको फेला परेको छ ।सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको हो । अनुदानको मल तोकिए भन्दा बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आउने बित्तिकै पोखरा महानगरपालिकाका उपप्रमुख एंव अनुगमन समितिका सयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले पोखरा… पुरा पढौ

पोखरामा ७७ केजीको बोकाले जित्यो पहिलो हुदै १० हजार रुपैया

पोखरामा ७७ केजीको बोकाले जित्यो पहिलो हुदै १० हजार रुपैया
पोखरा, १ कात्तिक/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उहाँले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता कृषकहरूको उत्पादनमा देखिएकाले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई थप प्राथमिकता दिइने बताउनुभयो । “कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५/८० केजी सम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो, प्रमुख आचार्यले भन्नुभयो, गतवर्षदेखी नै हामीले विभिन्न वडाहरूमा… पुरा पढौ

पोखरामा एक वडा एक पकेट कार्यक्रमका लागि १ करोड ८१ लाख प्रोत्साहन रकम वितरण

पोखरामा एक वडा एक पकेट कार्यक्रमका लागि १ करोड ८१ लाख प्रोत्साहन रकम वितरण
पोखरा, २४ साउन/ ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरी पालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो । महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३,… पुरा पढौ

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो । बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले… पुरा पढौ

पोखराका उत्कृष्ट कृषकलाई सम्मान

पोखराका उत्कृष्ट कृषकलाई सम्मान
पोखरा, १८ असार/ पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा २०… पुरा पढौ

सुलभ डिपार्टमेन्ट स्टोरमा परिसरमा किसान बजार शुरु

सुलभ डिपार्टमेन्ट स्टोरमा परिसरमा किसान बजार शुरु
पोखरा, ९ असार/ पोखरा ६ बैदामको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा शुक्रबार देखि पोखराको ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक कृषि उत्पादन बिक्री सुरु भएको छ । पोखरा महानगरपालिकाद्धारा संचालित कृषि एम्बुलेन्स मार्फत संकलित स्थानीय कृषि उपज हरेक शुक्रबार सुलभ डिपार्टमेन्ट स्टोर परिसरबाट बिक्री हुने गरी सुरु भएको हो । किसानले उत्पादन गरेका तरकारी लगायत उत्पादन सोझै उपभोक्ता माझ पु¥याउन सजह होस भन्ने उद्देश्यले सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले संञ्चालन गरेको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा कृषि उत्पादन बिक्री कक्ष स्थापना गरेर… पुरा पढौ

पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स
पोखरा, १ बैशाख/ पोखरा महानगरपालिकाले कृषि बस्तु औषार पौसारका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सको शुक्रबार पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सञ्चालनमा ल्याए । कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स संचालनमा ल्याइएको उनले बताए । एम्बुलेन्स सेवा प्रभावकारी भएमा थप एम्बुलेन्स संचालनमा ल्याउने उनले बताए । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालनामा ल्याएको भन्दै आचार्यले एम्बुलेन्सको प्रयोग हेरेर थप एम्बुलेन्स आवश्यकता अनुसार थप्दै जाने बताए । नेपाल सरकार र महानगरपालिकाले ३६ लाख रूपैयाँ… पुरा पढौ

पोखराको हेम्जामा आलु महोत्सव सुरु

पोखराको हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २६ चैत/ पोखरा २५ हेमजामा आइतबार (आज) देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख गरे । कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा… पुरा पढौ

दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढ्यो

दूध
पोखरा, १९ फागुन/ सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँ वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पु¥याउने निर्णय गरेको हो । अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ । राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको… पुरा पढौ

पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती

पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती
पोखरा, १५ फागुन/ आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने र फुल खेल्न शुरु गरेको बेला भीषण असिना पानीले सुन्तला उत्पादनमा ठुलो असर गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनले आगामी बर्षको उत्पादनमा उल्लेखनिय असर पर्ने बताए । यस बर्ष राम्रो उत्पादन लिएरका कृषकलाई खुशी दिएको सुन्तलाले अर्को वर्ष भने सुन्तला उत्पादनमा कमिआउने भएको उनले बताए । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा… पुरा पढौ